Breaking News

शैक्षिक सुधारका लागि कञ्चनपुरका ४७९ विद्यार्थीद्वारा प्रधानमन्त्रीलाई पत्र

कञ्चनपुरः विद्यालयमा शैक्षिक सुधार तथा गुणस्तरीय शिक्षाका लागि कञ्चनपुरका ४७९ विद्यार्थीले प्रधानमन्त्री पुष्पकमल दहाल प्रचण्डलाई खुल्ला पत्र पठाएका छन्। ‘ग्लोबल एक्शन विक’ २०२४ को शिक्षा अभियानअन्तरर्गत शिक्षाका लागि राष्ट्रिय अभियान नेपालको आयोजनामा ‘मैले चाहेको शिक्षा’ शिर्षकमा कञ्चनपुरका भीमदत्त नगरपालिका, शुक्लाफाँटा नगरपालिका र कृष्णपुर नगरपालिका गरि १४ विद्यालयमा कक्षा ८, ९ र १० मा अध्ययनरत ४७९ विद्यार्थीहरूले प्रधानमन्त्रीलाई खुल्ला पत्र पेश गर्ने कार्यक्रमअन्तर्गत हस्त लिखित पत्रहरू पठाएका हुन्।
विद्यार्थीहरूले प्रधानमन्त्रीलाई लेखेको पत्रमा कक्षा १२ सम्म निशुल्क तथा गुणस्तरीय शिक्षा हुनुपर्ने, विज्ञान तथा प्रविधियुक्त शिक्षा हुनुपर्ने, विद्यार्थीहरूको व्यवहारमा सकारात्मक परिवर्तनका लागि नैतिक शिक्षा हुनुपर्ने, समावेसी शिक्षा हुनुपर्ने र शिक्षामा लगानि गर्नुपर्ने लागयतका विषयहरू समेटिएका छन्।
शिक्षाका लागि राष्ट्रिय अभियान नेपालका कञ्चनपुर जिल्ला अध्यक्ष मधु देवी बोहराले आज प्रमुख जिल्ला अधिकारी गोपाल कुमार अधिकारीमार्फत प्रधानमन्त्री पुष्पकमल दहाल प्रचण्डलाई पत्रहरू पठाउनुभएको हो। अध्यक्ष बोहराले नेपालको संविधान र शिक्षा नीतिले व्यवस्था गरेको अधिकार तथा सबै बालबालिकाले पाउनु पर्ने शिक्षाको अधिकारका विषयमा प्रधानमन्त्रीको यथाशीर्घ ध्यानाकर्षण हुने विश्वाश व्यक्त गर्नुभयो।
प्रमुख जिल्ला अधिकारी गोपाल कुमार अधिकारीले विद्यार्थीहरूका पत्रहरूलाई यथाशीघ्र प्रधानमन्त्री समक्ष पुऱ्याउने प्रतिवद्धता व्यक्ति गर्नुभयो।
शिक्षाका लागि विश्वव्यापी कार्य सप्ताह अप्रिल २२ देखि अप्रिल २६ (वैशाख १० देखि १४) सम्म नेपाल लगायत विश्वका १५० भन्दा बढी मुलुकमा मनाइएको छ। नेपालमा शिक्षाका लागि राष्ट्रिय अभियान नेपाल (एनसीई नेपाल) ले कार्य सप्ताहमा विविध कार्यक्रम गरेको छ। अभियानले विद्यालय र सिकाई केन्द्रहरूमा अनलाइन शिक्षा, विद्यालयको पाठ्यक्रममा समसामयिक पुनर्विचार तथा परिमार्जन र शिक्षालाई दैनिक जीवनसँग जोड्दै गुणस्तरीय, समावेशी, जीवनोपयोगी शिक्षामा जोड दिँदै कार्यक्रमहरू गरेको हो।

About globalgorkhatimes.com

Check Also

कञ्चनपुरका पुनर्वास र लालझाडीमा पूर्वानुमानमा आधारित पूर्वकार्य परियोजना (SAAN) सञ्चालनमा

कञ्चनपुरः सुदूरपश्चिम प्रदेशका बाढी प्रभावित क्षेत्रमा विपद् जोखिम न्यूनीकरण साथै समयमै पूर्वतयारी सुनिश्चित गर्न ‘पूर्वानुमानमा …

Leave a Reply

Your email address will not be published. Required fields are marked *