सिक्किमका मुख्यमन्त्री प्रेम सिंह तामाङले आज राजधानी दिल्लीमा केन्द्रीय आवास, शहरी मामिला एवं उर्जा मन्त्री मनोहरलाल खट्टरसित उनको सरकारी निवासमा शिष्टाचार भेट गरेका छन । भेटघाटका क्रममा मुख्यमन्त्री तामाङले हालै केन्द्रीय मन्त्रीमा नियुक्त भएकोमा मन्त्री खट्टरलाई शुभकामना दिँदै सिक्किम अनि राष्ट्रको भलाईका लागि भविष्यमा सहयोग रहनेमा आशावादी रहेको बताएका छन । सामाजिक संजालमा एक पोस्ट जारी गर्दै मुख्यमन्त्री तामाङले यो जानकारी दिएका हुन । उनले भेटघाटमा राज्यसभा सांसद डीटी लेप्चा र मुख्य सचिव वी.बी पाठक पनि उपस्थित रहेको जानकारी दिएका छन ।


