Breaking News

एनएनएसडब्ल्यूएद्वारा बाढीबाट प्रभावित गर्भवती, सुत्केरी र अपाङ्गता भएका व्यक्तिलाई सामग्री हस्तान्तरण

कञ्चनपुरः कञ्चनपुरको दोधारा चाँदनी नगरपालिकामा बाढीबाट प्रभावित गर्भवती तथा सुत्केरी महिला साथै आपाङ्गता भएका व्यक्तिहरूलाई स्वास्थ्य तथा सरसफाई सामग्री हस्तान्तरण गरिएको छ। नेपाल राष्ट्रिय समाज कल्याण संघ (एनएनएसडब्ल्यूए) र सेभ द चिल्ड्रनको सहयोग तथा दोधारा चाँदनी नगरपालिकाको समन्वयमा दोधारा चाँदनी नगरपालिकाका दश वटै वडामा रहेका १ सय ३० जना गर्भवती तथा सुत्केरी महिला साथै अपाङ्गता भएका व्यक्तिहरूलाई स्वास्थ्य, सरसफाई तथा आवश्यक सामग्री हस्तान्तरण कार्य सुरू भएको हो।

नेपाल राष्ट्रिय समाज कल्याण संघ (एनएनएसडब्ल्यूए) का सामूदाय आधारित अग्रीम प्रतिकार्य सहजकर्ता (सीबीएएएफ) लक्ष्मी भट्टले दोधारा चाँदनी नगरपालिकाका १ सय ३० जना गर्भवती तथा सुत्केरी महिला साथै अपाङ्गता भएका व्यक्तिहरूलाई स्वास्थ्य, सरसफाई तथा अन्य आवश्यक सामग्री हस्तान्तरण कार्य सुरू गरिएको बताउनुभयो। उहाँले छनौट भएका परिवारलाई डिग्निटी किट, हाईजिन किट, टुथ पेस्ट, नुहाउने साबुन, लुगा धुने साबुन, बाल्टी/ढक्कन र झुल वितरण गरिएको बताउनुभयो। उहाँले वडा नम्बर ४ मा १३ जनालाई सामग्री हस्तान्तरण गरिएको जानकारी दिनुभयो।

एनएनएसडब्ल्यूएका सामाजिक परिचालिका निर्मला सुनारले प्रत्येक वडामा १३/१३ जना गर्भवती, सुत्केरी महिला तथा अपाङ्गता भएका व्यक्तिहरूलाई स्वास्थ्य, सरसफाई तथा अन्य आवश्यक सामग्री वितरण कार्य सुरू भएको बताउनुभयो। उहाँले पालिकाका दश वटै वडाका १ सय ३० जनालाई सामग्री हस्तान्तरण गरिने बताउनुभयो।

दोधारा चाँदनी नगरपालिका वडा नम्बर ४ का वडा अध्यक्ष भक्तबहादुर सुनारले विगत लामो समयदेखि नेपाल राष्ट्रिय समाज कल्याण संघ (एनएनएसडब्ल्यूए) लगायतका संस्थाहरूले विपदको क्षेत्रमा सहयोग गर्दै आएको बताउनुभयो। उहाँले गर्भवती, सुत्केरी र अपाङ्गता भएका व्यक्तिहरू विपदको उच्च जोखिममा हुने भएकाले उद्धार तथा राहत वितरण कार्यमा पनि उनिहरूलाई पहिलो प्राथमिकतामा राख्नुपर्ने तर्क गर्नुभयो। उहाँले सहयोगका लागि एनएनएसडब्ल्यूए र सेभ द चिल्ड्रनलाई धन्यवाद दिनुभयो।

नेपाल राष्ट्रिय समाज कल्याण संघ (एनएनएसडब्ल्यूए) ले सेभ द चिल्ड्रेनसँगको सहकार्यमा बाढी प्रभावित परिवारहरूलाई खाद्यान्न, गैर खाद्य सामग्री साथै विद्यार्थीहरुको शैक्षिक सिकाई निरन्तरताका लागि शैक्षिक सामग्री सहयोग निरन्तर रूपमा गर्दै आएको छ।

About Surendra Jairu

Check Also

पुनर्वासमा पूर्वानुमानमा आधारित पूर्वकार्यका लागि आईएमई मार्फत नगद सहयोग

कञ्चनपुरः कञ्चनपुरको पुनर्वास नगरपालिकामा पूर्वानुमानमा आधारित पूर्वकार्यका लागि बाढीको उच्च जोखिममा रहेका घरधूरीहरूलाई आईएमई मार्फत …

Leave a Reply

Your email address will not be published. Required fields are marked *