Breaking News

एनएनएसडब्ल्यूए-द्वारा अपाङ्गता भएका व्यक्तिहरूलाई सहायक सामग्री वितरण

29 अप्रेल, 2024, कञ्चनपुरः नेपाल राष्ट्रिय समाज कल्याण संघ (एनएनएसडब्ल्यूए) ले अपाङ्ता भएका व्यक्तिहरूलाई सहायक सामग्री वितरण गरेको छ। एनएनएसडब्ल्यूएले भीमदत्त नगरपालिकासँगको सहकार्यमा पालिका भित्रका विभिन्न वडामा रहेका ४८ जना शारीरिक अपाङ्गता भएका व्यक्तिहरूलाई सहायता सामग्री वितरण गरेको हो।

भीमदत्त नगरपालिकाका नगर प्रमुख पदम बोगटी, उप प्रमुख निलम लेखक, स्वास्थ्य शाखा प्रमुख नरेन्द्र जोशी, स्थानीय समन्वय समिति सदस्य उपेन्द्र बहादुर खडायत र एनएनएसडब्ल्यूए-का कार्यकारी निर्देशक अशोक बिक्रम जैरूलगायतको उपस्थितिमा एनएनएसडब्ल्यूए-को केन्द्रीय कार्यालयबाट २२ थान ह्वीलचियर, ७ थान एंकल फुट अर्थोसिस, ५ जोडा बैशाखी, ५ थान वाकर, १ थान रोलेटर, ४ थान ट्याउलेट चियर, १ थान सिटिङ्ग चियर, ३ थान एल्बो क्रच, ३ थान हेण्ड स्प्लिन्ट, ३ थान वाकिङ्ग स्टिक र १ थान घुणा मुनीको कृतिम खुट्टालगायतका सहायक सामग्री वितरण गरिएको हो।

कार्यक्रममा बोल्दै भीमदत्त नगरपालिकाका नगर प्रमुख पदम बोगटीले शारीरिक रूपमा अपाङ्गता भएका व्यक्तिहरूलाई सहायक सामग्री वितरण गरेर उनिहरूको जीवनमा रूपान्तरण ल्याउने प्रयास गरिएको बताउनुभयो।

एनएनएसडब्ल्यूए-का कृतिम अङ्ग प्रत्यारोपण विज्ञ कृष्ण राज भट्टले आईतबार र सोमबार गरि विभिन्न रूपमा अपाङ्गता भएका ४८ जना व्यक्तिहरूलाई सहायक सामग्री वितरण गरिएको बताउनुभयो। उहाँले भिमदत्त नगरपालिका भित्र रहेका विभिन्न वडाहरूमा क्लस्टर छनौट गरि ४ स्थानमा नापजाँच शिविर सञ्चालन गरिएको थियो। सो शिविरमा अपाङ्गता भएका व्यक्तिहरूको नापजाँच गरिएको थियो। सोको आधारमा हातखुट्टा साथै अन्य आवश्यक सामग्रीहरूको निर्माण गरि वितरण गरिएको कृतिम अङ्ग प्रत्यारोपण विज्ञ भट्टले बताउनुभयो।

नेपाल राष्ट्रिय समाज कल्याण संघ (एनएनएसडब्ल्यूए) ले शारीरिक पुनर्स्थापना केन्द्र परियोजनामार्फत् सुदूरपश्चिम प्रदेशका ९ वटै जिल्लाहरूमा अपाङ्गताको क्षेत्रमा काम गर्दै आएको छ। परियोजना अन्तर्गत स्थानीय पालिकासँगको समन्यव तथा सहकार्यमा शारीरिक रूपमा अपाङ्गता भएका व्यक्तिहरूलाई सहायक सामग्रीको साथसाथै आवश्यक सेवाहरू प्रदान गरिदैँ आएको छ।

About globalgorkhatimes.com

Check Also

कुतियाकवर बस्तीको जग्गा कटानी, कहिले बन्ला पक्की तटबन्ध?

कञ्चनपुरः कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका वडा नम्बर-१० स्थित नेपाल–भारत सीमासँग जोडिएको कुतियाकवर ४४ घरपरिवारको बसाई …

Leave a Reply

Your email address will not be published. Required fields are marked *