Breaking News

एनएनएसडब्ल्यूए-द्वारा कञ्चनपुरका बाढी प्रभावितहरूलाई खाद्य सामग्री वितरण

कञ्चनपुरः नेपाल राष्ट्रिय समाज कल्याण संघ (एनएनएसडब्ल्यूए) ले बाढी प्रभावितहरूलाई खाद्यान्न वितरण गरेको छ। एनएनएसडब्ल्यूए र डीसीए नेपालको साझेदारीमा सञ्चालित सुदृढ परियोजनाले गत सोमबार आएको बाढीबाट प्रभावित खाद्यान्न पूर्ण क्षति भएका घरपरिवारलाई खाद्य सामग्री वितरण गरेको हो। परियोजनाले कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका र भीमदत्त नगरपालिकाका बाढी प्रभावितहरूलाई खाद्य सामग्री वितरण गर्नुको साथै सुरक्षित आश्रय स्थलमा बसेका व्यक्तिहरूलाई खाना तथा खाजा वितरण गरेको छ।

परियोजनाले बाढी प्रभावित भीमदत्त नगरपालिका वडा नम्बर ५ का ६ घरधुरी, वडा नम्बर १६ का ३० घरधुरी, वडा नम्बर ११ का ३६ घरधुरी, वडा नम्बर १५ का १० घरधुरी र वडा नम्बर १२ का १४२ घरधुरीलाई दाल, चामल, नुन, तेल, चिनि र मसलालगायतका खाद्य सामग्री वितरण गरेको हो। साथै दोधारा चाँदनी नगरपालिका वडा नम्बर १० का ४२ घरधुरी, शान्तिटोलस्थित अम्बिका माविमा बसेको १४५ घरधुरी, ओमकार माविमा बसेका ५२ घरधुरी र वडा नम्बर ६ स्थित भानु बहुमुखी क्याम्पसमा बसेका ३१ घरधुरीलाई खाद्य सामग्री वितरण गरेको छ। भीमदत्त नगरपालिका वडा नम्बर १३ मा रहेको बैजनाथ सामुदायीक विपद् व्यवस्थापन समितिले आकस्मिक कोषबाट नदी कटानी न्यूनिकरणका लागि तटबन्ध तथा खाजाको लागि सहयोग गरेको छ।

अविरल वर्षासँगै महाकाली नदीको जलसतह बढेपछि कञ्चनपुरका होचो भूभागमा रहेका बस्ती डुवानमा परेपछि धेरै परिवार विस्थापित भएका छन्। एनएनएसडब्ल्यूएले बाढी प्रभावितहरूलाई अत्यावश्यक सामग्री तथा खाद्य सामग्री सहयोग गर्दै आएको छ।

डीडीएमसीद्वारा कञ्चनपुरका बाढी प्रभावित क्षेत्रको अनुगमन

जिल्ला विपद् व्यवस्थापन समिति (डीडीएमसी) ले कञ्चनपुरका बाढी प्रभावित क्षेत्रको अनुगमन गरेको छ। कञ्चनपुरका  प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद सापकोटा, नेपाल राष्ट्रिय समाज कल्याण संघ एनएनएसडब्ल्यूएका कार्यकारी निर्देशक अशोक बिक्रम जैरू, कार्यक्रम संयोजक राजकुमार सुनार, जिल्ला प्रहरी कार्यालय, दोधारा चाँदनी इलाका प्रहरी कार्यालयबाट प्रहरी अधिकारीलगायतको टोलीले बाढी प्रभावित क्षेत्रको अनुगमन गरेको हो।

About Surendra Jairu

Check Also

उत्थानशील युवा सञ्जालद्वारा “सफा भीमदत्त, हरित भीमदत्त” अभियान सुरू

कञ्चनपुरः उत्थानशील युवा सञ्जालले “सफा भीमदत्त, हरित भीमदत्त” अभियान सुरू गरेको छ। बढ्दो जलवायु परिवर्तनको …

Leave a Reply

Your email address will not be published. Required fields are marked *