Breaking News

एनएनएसडब्ल्यूए-द्वारा ‘प्रोजेक्ट मेनेजमेन्ट’ तथा ‘जेडसी’ सम्बन्धी दुई दिने तालिम सम्पन्न

कञ्चनपुरः नेपाल राष्ट्रिय समाज कल्याण संघ (एनएनएसडब्ल्यूए) को आयोजनामा “परियोजना व्यवस्थापन र लैङ्गिक समानता, अपाङ्गता तथा सामाजिक समावेशीकरण” सम्बन्धी दुई दिने तालिम सम्पन्न भएको छ। संस्थाका कार्य समिति पदाधिकारी तथा विभिन्न परियोजनामा कार्यरत कार्मचारीहरूको क्षमता अभिवृद्धि गर्ने साथै समतामुलक समावेशी प्रतिनिधित्वलाई सुनिश्चित गर्ने उद्देश्यले एनएनएसडब्ल्यूए-को सभा हलमा तालिमको आयोजना गरिएको हो।

नेपाल राष्टिय समाज कल्याण संघ (एनएनएसडब्ल्यूए) का संस्थागत विकास तथा मानव संसाधन व्यवस्थापक बिनोद बिक्रम जैरूले कर्मचारीहरूको वार्षिक मूल्याङ्कन, सन्तुष्टी सर्वेक्षण र क्षमता तथा विशेषज्ञता दर्शाउने मानव संसाधन सूची संकलन गरिएको र सोको आधारमा उनिहरूका आवश्यकता अनुसार क्षमता अभिवृद्धिका तालिम साथै अभिमूखिकरण कार्यक्रमहरू क्रमिक रूपमा गरिँदै आएको बताउनुभयो।

प्रवासी तथा उनिहरूका दम्पत्तीहरूका लागि एचआईभी तथा टीबी रोकथाम परियोजनाका संयोजक आरती सुनारले संस्थाले कर्मचारीहरूको क्षमता अभिवृद्धिका लागि विभिन्न तालिमहरूको आयोजना गर्दै आएको बताउनुभयो। उहाँले “परियोजना व्यवस्थापन र लैङ्गिक समानता, अपाङ्गता तथा सामाजिक समावेशीकरण” सम्बन्धी दुई दिने तालिम सम्पन्न भएको बताउनुभयो।

गुणस्तरीय शिक्षा परियोजनाका व्यवस्थापक बिशन जोशीले तालिममा सहभागी भएका कर्मचारीको परियोजनागत कार्यकुशलतामा वृद्धि हुनुका साथै परियोजना व्यवस्थापन क्षमता तथा संस्थाले बनाउने नीति र संरचनाहरूमा सबैको समतामुलक समावेशी प्रतिनिधित्वलाई सुनिश्चित गर्नमा टेवा पुग्ने विश्वास व्यक्त गर्नुभयो।

तालिममा परियोजना व्यवस्थापन सम्बन्धी सहजीकरण परियोजना संयोजक आरती सुनारले गर्नुभएको थियो भने, लैङ्गिक समानता तथा सामाजिक समावेशीकरण सम्बन्धी सहजीकरण जेडसी सम्पर्क व्यक्ति मिनू सुनारले गर्नुभएको थियो। त्यस्तै अपाङ्गता सम्बन्धी सहजीकरण कुष्ठरोग रोकथाम परियोजनाका संयोजक राजिब अवस्थीले गर्नुभएको थियो।

तालिममा संस्थाका अध्यक्ष मायादेवी सार्की, पदाधिकारी तथा सदस्यहरू, विभिन्न परियोजनाका कार्यक्रम संयोजकहरू साथै कर्मचारीहरूहरूको उपस्थिती रहेको थियो।

About Surendra Jairu

Check Also

एनएनएसडब्ल्यूएद्वारा पुनर्वासका किसानहरूलाई सिचाईका लागि मोटर वितरण

कञ्चनपुरः कञ्चनपुरको पुनर्वास नगरपालिकामा सिचाईका लागि मोटर वितरण गरिएको छ। नेपाल राष्ट्रिय समाज कल्याण संघ …

Leave a Reply

Your email address will not be published. Required fields are marked *