Breaking News

एनएनएसडब्ल्यूए-द्वारा बाढी प्रभावितहरूलाई निरन्तर सहयोग

कञ्चनपुरः नेपाल राष्ट्रिय समाज कल्याण संघ (एनएनएसडब्ल्यूए) ले कञ्चनपुरका बाढी प्रभावितहरूलाई निरन्तर रूपमा राहत वितरण गरिरहेको छ। एनएनएसडब्ल्यूए र डीसीए नेपालको साझेदारीमा सञ्चालित सुदृढ परियोजनाले गत सोमबार आएको बाढीबाट प्रभावित अति विपन्न घरपरिवारलाई खाद्य सामग्री वितरण गरिरहेको छ। सोही क्रममा आईतबार कञ्चनपुरको भीमदत्त नगरपालिका वडा नम्बर ५ का अति विपन्न ४० घरधुरीलाई चामल, दाल, नुन, तेल र मरमसला लगायतका खाद्य सामग्री वितरण गरेको हो।

नेपाल राष्ट्रिय समाज कल्याण संघ (एनएनएसडब्ल्यूए) का कार्यक्रम संयोजक राजकुमार सुनारले  बाढीबाट प्रभावित खाद्यान्न पूर्ण क्षति भएका तथा अति विपन्न घरपरिवारलाई राहत वितरण गरिएको बताउनुभयो। उहाँले एनएनएसडब्ल्यूएले कञ्चनपुरका बाढी प्रभावितहरूहरूलाई अत्यावश्यक सामग्रीसँगै खाद्य सामग्री निरन्तर रूपमा सहयोग गर्दै आएको बताउनुभयो।   

नेपाल राष्ट्रिय समाज कल्याण संघ (एनएनएसडब्ल्यूए) का कार्यकारी निर्देशक अशोक बिक्रम जैरूले प्राकृतिक विपद्को संवेदनशील घडीमा प्रभावित नागरिकको जीवन रक्षा, उद्धार र राहतको कार्य प्रभावकारी रूपमा सञ्चालन भइरहेको बताउनुयो। उहाँले स्थानीय पालिका तथा वडा कार्यालयहरूको समन्वयमा बाढी प्रभावितहरूलाई खाद्यान्न लगायतका अन्य सामग्रीहरू निरन्तर रूपमा सहयोग गरिएको जानकारी दिनुभयो।

भीमदत्त नगरपालिका वडा नम्बर ५ का अध्यक्ष पदम राज अवस्थीले बाढी प्रभावितहरूलाई राहत वितरण कार्य गरेकोमा एनएनएसडब्ल्यूएलाई धन्यवाद दिनुभयो।

यसअघि सुदृढ परियोजनाले शनिबार कञ्चनपुरको दोधाराचाँदनी नगरपालिका र भीमदत्त नगरपालिकाका बाढी प्रभावितहरूलाई खाद्य सामग्री वितरण गर्नुको साथै सुरक्षित आश्रय स्थलमा बसेका व्यक्तिहरूलाई खाना तथा खाजा वितरण गरेको थियो। त्यस्तै शुक्रबार बेलडाँडी गाउँपालिकासँगको समन्वयमा गाउँपालिकाका बाढी प्रभावित ६ सय ३९ घर परिवारलाई ५० लाख बराबरको अत्यावश्यक सामग्री सहयोग गरेको थियो। 

About Surendra Jairu

Check Also

उत्थानशील युवा सञ्जालद्वारा “सफा भीमदत्त, हरित भीमदत्त” अभियान सुरू

कञ्चनपुरः उत्थानशील युवा सञ्जालले “सफा भीमदत्त, हरित भीमदत्त” अभियान सुरू गरेको छ। बढ्दो जलवायु परिवर्तनको …

Leave a Reply

Your email address will not be published. Required fields are marked *