Breaking News

एनएनएसडब्ल्यूए-द्वारा बाढीबाट पूर्ण क्षति भएका परिवारलाई नगद सहयोग

कञ्चनपुरः नेपाल राष्ट्रिय समाज कल्याण संघ (एनएनएसडब्ल्यूए) ले बाढीबाट पूर्ण क्षति भएका घर परिवारलाई नगद सहयोग गरेको छ। एनएनएसडब्ल्यूए र डीसीए नेपालको साझेदारीमा सञ्चालित सुदृढ परियोजनाले दोधारा चाँदनी नगरपालिकासँगको सहकार्यमा असार २३ गते आएको बाढीबाट प्रभावित पूर्ण क्षति भएका परिवारहरूलाई बहु प्रयोजनका लागि नगद सहयोग गरेको हो। बिहिबार बाढी प्रभावित १० जना परिवारलाई आईएमई मार्फत् नगद रू ७ हजार ५०० प्रदान गरिएको छ। दोधारा चाँदनी नगरपालिकाका बाढीबाट पूर्ण क्षति भएका १०२ परिवारलाई प्रति परिवार रू ७ हजार ५०० प्रदान गरिने छ।

नेपाल राष्ट्रिय समाज कल्याण संघ (एनएनएसडब्ल्यूए) का कार्यक्रम संयोजक राजकुमार सुनारले असार २३ गते आएको बाढीबाट प्रभावित पूर्ण क्षति भएका दोधारा चाँदनी नगरपालिकाका १०२ घर परिवारहरूलाई बहु प्रयोजनका लागि नगद सहयोग गरिएको बताउनुभयो। उहाँले एनएनएसडब्ल्यूए, डीसीए नेपाल र दोधारा चाँदनी नगरपालिकाको संयुक्त सहयोगमा बाढीबाट प्रभावित पूर्ण क्षति भएका घरपरिवारलाई रू १५ हजार प्रदान गरिने योजना अनुरूप एनएनएसडब्ल्यूएद्वारा रू ७ हजार ५०० प्रदान गरिएको बताउनुभयो। यो रकमले बाढी प्रभावितहरूले घरको मर्मत सम्भार, खाद्य सामग्री खरिद, बालबालिकाका लागि कपडा तथा शैक्षिक सामग्री खरिद लगायतका बहु प्रयोजनामा राहत हुने उहाँले बताउनुभयो।

दोधारा चाँदनी नगरपालिकाका नगर प्रमुख किशोर कुमार लिम्बुले दोधारा चाँदनी नगरपालिकाका बाढी प्रभावितहरूलाई राहत वितरण गर्नको लागि नगरपालिका प्रतिबद्ध रहेको बताउनुभयो। उहाँले बाढीबाट क्षति भएका परिवारहरूलाई तत्काल खाद्यान्न लगायत अन्य अत्यावश्यक सामग्रीहरूका लागि एनएनएसडब्ल्यूएले रू. ७ हजार ५०० सहयोग गरेको र केही दिन भित्रमा नगरपालिकाले पनि रू. ७ हजार ५०० प्रदान गर्ने साथै बाढी प्रभावितहरूलाई अस्थायी घरको व्यवस्थापन गर्ने बताउनुभयो।  

बाढी प्रभावित मङ्गल सुनारले बाढीले घर तथा खाद्यान्न क्षति भएपछि निकै कस्टकर जीवन बिताइरहेको अवस्थामा एनएनएसडब्ल्यूए र दोधारा चाँदनी नगरपालिकाद्वारा प्रदान गरिएको नगद रू १५ हजारले ठूलो राहत हुने बताउनुभयो।

नगद प्रवाहका लागि बाढीबाट क्षति भएका व्यक्तिहरूको सूचीमा तयार गरि नाम सिफारिस भएका प्रभावित व्यक्तिको मोबाईलमा एसएमएस आउने र सोही एसएमएसको आधारमा सृजना बचत तथा ऋण सहकारी संस्था दोधारा चाँदनीबाट नगद प्रात्त गर्न सकिने व्यवस्था गरिएको छ।

अविरल वर्षासँगै महाकाली नदीको जलसतह बढेपछि कञ्चनपुरका होचो भूभागमा रहेका बस्ती डुवानमा परेपछि धेरै परिवार विस्थापित भएका छन्। एनएनएसडब्ल्यूएले बाढी प्रभावितहरूलाई अत्यावश्यक सामग्री तथा खाद्य सामग्री निरन्तर रूपमा सहयोग गर्दै आएको छ।

About Surendra Jairu

Check Also

उत्थानशील युवा सञ्जालद्वारा “सफा भीमदत्त, हरित भीमदत्त” अभियान सुरू

कञ्चनपुरः उत्थानशील युवा सञ्जालले “सफा भीमदत्त, हरित भीमदत्त” अभियान सुरू गरेको छ। बढ्दो जलवायु परिवर्तनको …

Leave a Reply

Your email address will not be published. Required fields are marked *