कञ्चनपुरः कञ्चनपुरको दोधारा चाँदनी नगरपालिकामा विभिन्न कार्यक्रमको आयोजना गरि संविधान दिवस तथा राष्ट्रिय दिवस मनाईएको छ। दोधारा चाँदनी नगरपालिका स्तरीय उत्थानशील युवा सञ्जालको आयोजना तथा दोधारा चाँदनी नगरपालिकाको समन्वयमा संविधान दिवस तथा राष्ट्रिय दिवस २०८१ मनाईएको हो। दिवसका अवसरमा बिहान ७ बजे चाँदनी हाटबजारदेखि झोलुङ्गे पुलसम्म वृहत ऱ्याली, बिहान ९ बजे एसियाकै दोस्रो लामो झोलुङ्गे पुलमा राष्ट्रिय झन्डा स्थापना साथै साँझ ५ बजे हेल्थ पोष्ट, ईलाका प्रहरी कार्यलय अगाडि दीप प्रज्वलन गरि हर्षोल्लासका साथ दिवस मनाईएको छ।
उत्थानशील युवा सञ्जालका संयोजक प्रेम रोकायाको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा प्रमुख अतिथिको रूपमा दोधारा चाँदनी नगरपालिकाका उपमेयर गंगा देवी जोशी साथै अथितिका रूपमा वडा नम्बर ६ का वडा अध्यक्ष ओम बस्नेत, वडा नम्बर २ का वडा अध्यक्ष पदम सिँह रावल, वडा नम्बर ४ का वडा सदस्यहरू साथै ईलाका प्रहरी प्रमुख तथा टोली, सशस्त्र प्रहरी बलको टोली, नेपाल प्रहरीको टोली र उत्थानशील युवा सञ्जालका सदस्यहरूको बाक्लो उपस्थिति रहेको थियो।
नेपाली जनताको सात दशक लामो संघर्ष, बलिदान र जनआन्दोलनको उपलब्धिका रूपमा गठन भएको संविधानसभाबाट विक्रम संवद २०७२ साल असोज ३ गते संघिय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान जारी भएको थियो।