Breaking News

दोधारामा साताव्यापी सडक सरसफाई, सडक दुर्घटना सँगै वन्यजन्तु आक्रमण न्युनिकरण हुने

कञ्चनपुरः कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका– ५ मा साताव्यापी सडक सरसफाई कार्यक्रम संचालन गरिएको छ। वडा क्षेत्रलाई सफा सुग्घर बनाउने उद्देश्यले दोधारा चाँदनी नगरपालिका– ५ का वडाध्यक्ष केशव खत्रीको पहलमा साताव्यापी सरसफाई कार्यक्रम सुरु गरिएको हो। स्वयम्सेवा मार्फत स्थानियबासी, बिद्यार्थी, शिक्षक, नेपाल प्रहरी, सशस्त्र प्रहरी र बिभिन्न संघ–संस्थाको सहयोगमा वडा स्तरिय साताव्यापी सरसफाई कार्यक्रम सुरु गरिएको दोधारा चाँदनी नगरपालिका– ५ का वडा अध्यक्ष केशव खत्रीले जानकारी दिनुभएको छ।

आफु जनप्रतिनिधी भएर आईसकेपछि निरन्तर वडामा रहेका सडकहरुमा सरसफाई कार्यक्रम संचालन गर्दै आएको वडाध्यक्ष केशव खत्रीले बताउनुभएको छ। प्रत्येक शनिवार वडा क्षेत्रमा रहेका सडकहरुमा स्थानियबासी, बिद्यार्थी, शिक्षक, नेपाल प्रहरी, सशस्त्र प्रहरी र बिभिन्न संघ–संस्थाको सहयोगमा सडक छेउमा उम्रेका झाँडी, फोहरहरुलाई सरसफाई गर्ने कार्यक्रम रहेको अध्यक्ष खत्रीले बताउनुभएको छ। वडाध्यक्ष खत्रीले थालेको सरसफाई अभियानलाई स्थानियहरुले स्फुर्तरुपमा सघाउदै आएका छन्। साताव्यापी सरसफाई अभियानको पहिलो दिन माननिय चौराह देखि ईलाका प्रहरी कार्यालय सम्मको मुल सडक खण्ड सरसफाई गरिएको छ। सडकमा उम्रेका झाँडी तथा फोहरका कारण सडक दुर्घटना न्युनिकरण हुने, वन्यजन्तु आक्रमण रोकिने, तथा डेंगु तथा मलेरिया जस्ता रोग नियन्त्रणमा सघाउन पुग्ने अपेक्षा गरिएको छ।

भानु बहुमुखी क्याम्पस दोधारा चाँदनी क्याम्पस व्यवस्थापन समितिका अध्यक्ष भरत दत्त भट्टले सडकमा उम्रेका झाँडी सरसफाई कार्यक्रम सबै वडाका सडकहरुमा गरिनु पर्ने बताउनुभएको छ। सडक दुर्घटना न्युनिकरण संगै वन्यजन्तुको आक्रमणलाई रोक्न समेत सडक सरसफाई कार्यक्रमले सघाउने भानु बहुमुखी क्याम्पस दोधारा चाँदनी क्याम्पस व्यवस्थापन समितिका अध्यक्ष भरत दत्त भट्टले बताउनुभएको छ। हरेक साता गरिने भनिएको सडक सरसफाई कार्यक्रमले वातावरण सफा र सकड चिटिक्क देखिने, विषेशत : सडक दुर्घटना न्यूनिकरण , वन्यजन्तु आक्रमण न्युनिकरण तथा डेंगु जस्ता रोग नियन्त्रणमा केही हद सम्म सघाउ पुग्ने स्थानियबासीहरुले विश्वास लिएका छन्।

About Surendra Jairu

Check Also

एनएनएसडब्ल्यूएद्वारा पुनर्वासका किसानहरूलाई सिचाईका लागि मोटर वितरण

कञ्चनपुरः कञ्चनपुरको पुनर्वास नगरपालिकामा सिचाईका लागि मोटर वितरण गरिएको छ। नेपाल राष्ट्रिय समाज कल्याण संघ …

Leave a Reply

Your email address will not be published. Required fields are marked *