Breaking News

दोधारा चाँदनीका १ सय ७० बाढी प्रभावित परिवारलाई गैर खाद्य सामग्री वितरण

दोधाराः कञ्चनपुरको दोधारा चाँदनी नगरपालिकाका बाढी प्रभावितहरुलाई गैर खाद्य सामग्री वितरण गरिएको छ। अक्सफाम र निड्स नेपालको सहयोग तथा दोधारा चाँदनी नगरपालिकाको सहकार्यमा वडा नं. १० का १ सय ७० परिवारलाई गैर खाद्य सामग्री वितरण गरिएको हो।

पूर्वानुमानमा आधारित पूर्वकार्यअन्तर्गत दोधारा चाँदनी नगरपालिकाका १ सय ७० घरपरिवारलाई गैर खाद्य सामग्री वितरण गरिएको निड्स नेपालका विपद् पूर्व तयारी द्रुत प्रतिकार्य तथा पुनर्लाभका लागि समुदाय सवलिकरण परियोजनाका कार्यक्रम संयोजक ईश्वर उपाध्यायले जानकारी दिनुभयो। दोधारा चाँदनी नगरपालिका-१० मा झण्डै ६ सय ६५ घरधुरी बाढीबाट प्रभावित रहेको र त्यस मध्ये पहिलो चरणमा उक्त गैर खाद्य सामग्री वितरण गरिएको कार्यक्रम संयोजक उपाध्यायले बताउनुभयो। पहिलो चरणमा १ सय ७० जना बाढी प्रभावितहरुलाई गैर खाद्य सामग्री वितरण गरिएको र अन्य छुटेकाहरूलाई वडा कार्यालय र नगरपालिका कार्यालयसँग समन्वय र सहकार्य गरि चाडै राहत वितरण गर्ने कार्यक्रम रहेको उहाँले बताउनुभयो।

बाढी प्रभावित परिवारहरुलाई हाईजिन किट, सेल्टर किट, किचन किट, झुल, त्रिपाल लगायतका सामग्री वितरण गरिएको छ। दोधारा चाँदनी नगरपालिका– १० वडा कार्यालयमा आयोजित एक कार्यक्रमका बिच उक्त सामग्री वितरण गरिएको हो। गत २७ गते र २८ गते परेको अविरल वर्षापछि आएको बाढीबाट दोधारा चाँदनी नगरपालिकाको वडा नं. १० का अधिकाँश बस्ती डुवानमा परेको दोधारा चाँदनी नगरपालिका– १० का वडाध्यक्ष चन्द्रबहादुर सिँहले बताउनुभयो। विपद् व्यवस्थापन लगायत अन्य विभिन्न क्षेत्रहरुमा निड्स नेपालले सहयोग गर्दै आएको उहाँले बताउनुभयो। वडाध्यक्ष सिँहले बाढी प्रभावितहरूलाई छोटो समयमानै राहत वितरण कार्य गरेकोमा निड्स नेपाल र अक्सफामलाई धन्यवाद दिनुभएको छ। बाढी तथा डुवानग्रस्त क्षेत्रका बासिन्दाको स्थानान्तरण गरि दीर्घकालिन समाधान खोज्ने तर्फ आफुहरु लागि परेको उहाँले बताउनुभयो। उहाँले वडामा ६ सय ६५ जना बाढीपिडितहरू रहेको र राहत पाउन छुटेकाहरुलाई केही दिनमै राहत उपलब्ध गराईने बताउनुभयो। बाढीको कारण वडाका बस्तीहरु निकै समस्या ग्रस्त भएको बताउँदै उहाँले प्रदेश सरकार र संघिय सरकारलाई यस बिषयमा गम्भिर भईदिन आग्रह गर्नुभयो। प्रकृतिलाई जित्न नसिएपनि यसबाट हुने जोखिमलाई केही हद सम्म न्यूनिकरण गर्न सकिने भएको हुँदा विपद्को बेला सहयोग गर्न सबैमा उहाँले अपिल गर्नुभएको छ।

राहत पाएपछि बाढीको कारण कष्टकर जीवन बिताइरहेका बाढीपिडितहरुले संस्थाले ठूलो सहयोग गरेको बताउदै खुशी व्यक्त गरेका छन्।

About Surendra Jairu

Check Also

संविधान दिवसको पूर्वसन्ध्यामा भीमदत्तमा सरसफाई, भोली ईको पार्कमा वृहत वृक्षारोपण गरिने

कञ्चनपुरः कञ्चनपुरको भीमदत्तमा संविधान दिवसको पूर्वसन्ध्यामा वृहत सरसफाई कार्यक्रमको आयोजना गरिएको छ। ‘सन्तुलित वातावरण सुशासन …

Leave a Reply

Your email address will not be published. Required fields are marked *