Breaking News
????? ??????? ???? ???? ????????????? ???????? ????? ‘???????’ ??????? ?????? ????? ????? '??????? ????????' ?????????? ?????? ?????????? ? ?????????? ?????? ?? ???? ????? ????? ????? ? ? ??????? ????????? ????/????

प्रधानमन्त्री प्रचण्डद्वारा ओलम्पिक रङ्गशालाको अवलोकन

काठमाण्डाै – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले इटालीको रोममा रहेको ‘स्टुडियो ओलम्पिको रोमा’ को आज बिहीवार अवलोकन गर्नुभएको छ ।

इटाली भ्रमणमा रहनुभएका उहाँले ओलम्पिक खेल सञ्चालन हुने रङ्गशालाको अवलोकन गर्नुभएको हो । अवलोकनका क्रममा उहाँले रङ्गशालाका बारेमा जिज्ञासा राख्नुभएको थियो ।

याे रङ्गशालामा ७० हजार दर्शक अट्ने क्षमताकाे भएकाे बताइएको छ । प्रधानमन्त्री प्रचण्डले खेलाडी आउने जाने मार्ग, प्यारापिट, खेलपछि आयोजना गरिने पत्रकार सम्मेलन कक्ष, रङ्गशाला सञ्चालनका क्रममा प्रयोग गरिने सबै क्षेत्रको अवलोकन गर्नुभएको थियो ।

उहाँले रङ्गशालामा प्रदर्शनीमा राखिएको इटालीले प्राप्त गरेको पहिलो शिल्ड, खेलाडीका जर्सीलगायतको अवलोकन गर्नुभएको थियो । प्रधानमन्त्रीलाई रङ्गशालाका अधिकारीहरूले सम्पूर्ण जानकारी गराएका थिए ।

याे रङ्गशाला सन् १९६० देखि सञ्चालनमा आएको हो । रङ्गशालामा विशेषगरी फुटबल, रग्बी र एथलेटिक्सका खेलहरू हुने अधिकारीहरूले जानकारी दिएका थिए ।

About globalgorkhatimes.com

Check Also

दोधारा चाँदनीमा आयुर्वेदिक उपचारमा बढ्यो आकर्षण

कञ्चनपुरः कञ्चनपुरको दोधारा चाँदनी नगरपालिकाका स्थानीयहरू आयुर्वेदिक उपचार पद्धती तर्फ आकर्षित भएका छन्। गत ४ …

Leave a Reply

Your email address will not be published. Required fields are marked *