Breaking News

बडुवाल टोलमा जङ्गली हात्तीले अन्नवाली नष्ट गर्दै, नियन्त्रणको दिर्घकालिन व्यवस्था भएन

कञ्चनपुरः कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका वडा नम्बर-०३ बडुवाल टोलमा जङ्गली हात्तीले धान तथा मकै बाली नष्ट गर्दै आएको छ। बडुवाल टोलमा स्थानीय किसानहरूले लगाएको धान तथा मकै बाली खाएर तथा उद्यनेर नष्ट गर्दै आएको हो। झण्डै २ साता देखि नजिकै रहेको भारतीय जङ्गलबाट बस्ति भित्रिएको जङ्गली हात्तीको बथानले किसानहरूले लगाएको अन्नवाली खाएर तथा उद्यनेर नष्ट गर्दै आएको स्थानियहरुले बताएका छन्।

भारतीय जङ्गलबाट हुल बाँधेर आएको जङ्गली हात्तीले गए राती किसान सुरज सुनार र मोहन सुनारको धान तथा मकै खेती नष्ट गरेको स्थानियबासी महाविर क्षेत्रीले जानकारी दिएका छन्। मधयरातमा आएको हात्तीले सुरज सुनार र मोहन सुनारको झण्डै आधा बिघाहमा लगाएको धान तथा मकै खेती नष्ट गरेको महाविर क्षेत्रीले बताए।

विगत १०/१२ वर्ष देखि बस्तीमा जंगली हात्तीले स्थानियहरुको अन्नवाली नष्ट गर्नुको साथै घर भत्काउदै आएपनि नेपाल सरकारले हात्ती नियन्त्रणको दिर्घकालिन ब्यवस्था गर्न नसकेको स्थानियहरुको गुनासो छ।

About Surendra Jairu

Check Also

एनएनएसडब्ल्यूएद्वारा पुनर्वासका किसानहरूलाई सिचाईका लागि मोटर वितरण

कञ्चनपुरः कञ्चनपुरको पुनर्वास नगरपालिकामा सिचाईका लागि मोटर वितरण गरिएको छ। नेपाल राष्ट्रिय समाज कल्याण संघ …

Leave a Reply

Your email address will not be published. Required fields are marked *