Breaking News

बेलडाँडीमा बाढी प्रभावितलाई एनएनएसडब्ल्यूए र सेभ द चिल्ड्रेनद्वारा ४३ लाख बराबरको खाद्यान्न सहयोग

कञ्चनपुरः कञ्चनपुरको बेलडाँडी गाउँपालिकामा बाढी प्रभावित परिवारहरूलाई खाद्यान्न सहयोग गरिएको छ। नेपाल राष्ट्रिय समाज कल्याण संघ (एनएनएसडब्ल्यूए) र सेव द चिल्ड्रेनको सहयोग तथा बेलडाँडी गाउँपालिकाको समन्वयमा गाउँपालिकाका बाढी प्रभावित ६ सय ३९ घर परिवारलाई झण्डै ४३ लाख बराबरको खाद्यान्न सहयोग गरिएको हो। बाढी प्रभावित परिवारहरूलाई प्रति परिवार ५० किलो मसिनो चामल, २ किलो मसुरोको दाल, ३ किलो अरहरको दाल, ५ किलो तोरीको तेल, ५ किलो चिनी, १० किलो आयोडिन युक्त नुन र पानि शुद्धिकरण किट गरि करिब ६ हजार ८ सय बराबरको सहयोग वितरण कार्य सुरू भएको छ।  

नेपाल राष्ट्रिय समाज कल्याण संघ (एनएनएसडब्ल्यूए) का कार्यकारी निर्देशक अशोक बिक्रम जैरूले गत असार २२ गते देखि २५ गतेसम्म परेको अविरल वर्षापछि आएको बाढीबाट बेलडाँडी गाउँपालिकामा धेरै परिवारहरू अफ्ठ्यारोमा परेको बताउनुभयो। उहाँले भन्नुभयो, “अफ्ठ्यारोमा परेका ती परिवारहरूलाई पालिकासँगको समन्वयमा सेव द चिल्ड्रेन र एनएनएसडब्ल्यूएले तत्काल अर्थात् ७२ घण्टा भित्रै ५० लाख बराबरको गैर खाद्य सामग्री सहयोग गरेको थियो।, ती परिवारहरूलाई खाद्यन्न पनि सहयोग गर्नुपर्छ भन्ने आवश्यकता महशुस भएपछि अहिले ६ सय ३९ घर परिवारलाई झण्डै ४३ लाख बराबरको खाद्यान्न सहयोग गर्दैछौँ।” उहाँले गाउँपालिकाका बाढीग्रस्त विद्यालयका विद्यार्थीहरुको शैक्षिक सिकाई निरन्तरताका लागि १३ सय विद्यार्थीलाई झण्डै ३३ लाख बराबरको शैक्षिक सामग्री सहयोग गरिएको जानकारी दिँदै आगामी दिनमा पनि सहयोगका लागि तयार रहेको बताउनुभयो।

बेलडाँडी गाउँपालिका वडा नम्बर-०३ अध्यक्ष दुर्गा प्रसाद चौधरीले गत असारको बाढीले धेरै परिवार प्रभावित भएको बताउनुभयो। उहाँले बाढीका कारण घरको भित्ता फुटेको, भण्डारण गरिएको अन्न नष्ट भएको साथै नहर फुटेर खेतीपातीमा समेत क्षति भएको अवस्थामा प्रभावितहरूलाई राहत वितरण कार्य गरेकोमा नेपाल राष्ट्रिय समाज कल्याण संघ (एनएनएसडब्ल्यूए) र सेव द चिल्ड्रेनलाई धन्यवाद दिनुभयो।

राहत पाएपछि बाढी प्रभावितहरूले बाढीले घर तथा खाद्यान्न क्षति भएका कारण निकै कस्टकर जीवन बिताइरहेको अवस्थामा एनएनएसडब्ल्यूए र सेव द चिल्ड्रेनले प्रदान गरिएको सहयोगले ठूलो राहत हुने बताएका छन्।

गत असार २२ गतेदेखि २५ गतेसम्म परेको अविरल वर्षाले चौधर नदिमा पानीको सतह बढेसँगै बेलडाँडी गाउँपालिकाका तल्लो झिलमिला, झिलमिला, इमलिया, बैवाहा, ढकनिया, खैरिघाट लगायतका क्षेत्र डुबानमा परेको थियो। बाढीबाट बेलडाँडी गाउँपालिकाका ६ सय ३९ घरपरिवार प्रभावित भएको थिए।

About Surendra Jairu

Check Also

एनएनएसडब्ल्यूएद्वारा पुनर्वासका किसानहरूलाई सिचाईका लागि मोटर वितरण

कञ्चनपुरः कञ्चनपुरको पुनर्वास नगरपालिकामा सिचाईका लागि मोटर वितरण गरिएको छ। नेपाल राष्ट्रिय समाज कल्याण संघ …

Leave a Reply

Your email address will not be published. Required fields are marked *