Breaking News

संविधान दिवसको पूर्वसन्ध्यामा भीमदत्तमा सरसफाई, भोली ईको पार्कमा वृहत वृक्षारोपण गरिने

कञ्चनपुरः कञ्चनपुरको भीमदत्तमा संविधान दिवसको पूर्वसन्ध्यामा वृहत सरसफाई कार्यक्रमको आयोजना गरिएको छ। ‘सन्तुलित वातावरण सुशासन सहितको समाजबाद उन्मुख समृद्ध नगर, कृषि पर्यटन तथा प्रविधिमा आधारित अर्थतन्त्र विकासको आधार’ नारा सहित संविधान दिवसको पूर्वसन्ध्यामा कञ्चनपुरको महेन्द्रनगर बजार क्षेत्र वृहत सरसफाई कार्यक्रम गरिएको हो।

भीमदत्त नगरपालिकाका नगर प्रमुख पदम बोगटीले १० औँ संविधान दिवसको अवसरमा भीमदत्त नगरपालिका, जिल्ला समन्वय समिति, गैरसरकारी संस्था महासंघ, नेपाल राष्ट्रिय समाज कल्याण संघ (एनएनएसडब्ल्यूए) साथै विभिन्न संघसंस्थाको आयोजनामा वृहत सरसफाई कार्यक्रम गरिएको बताउनुभयो। उहाँले संविधान दिवसको पूर्वसन्ध्यामा आज सरसफाई कार्यक्रम गरिएको र भोली प्रभात फेरी र ईको पार्कमा वृहत वृक्षरोपण कार्यक्रम र पर्सी महाकाली प्रादेशिक अस्पताललगायत अस्पतालहरूमा बिरामीहरूलाई फलफुल वितरण गर्ने कार्यक्रम गरिने बताउनुभयो।

संविधान दिवस मुल समाहरोहका संयोजक एवम् जिल्ला समन्वय समिति कञ्चनपुरका प्रमुख दुर्गा दत्त बोहराले समावेसी संविधान दिवसको अवसरमा संविधान चोकदेखि महेन्द्रनगर बजारमा सरसफाई गरिएको बताउनुभयो। सरसफाई कार्यक्रममा राजनीतिक दल, जनप्रतिनिधि, सुरक्षा निकायका प्रतिनिधि, विभिन्न समाजिक संघसंस्थाका प्रतिनिधि, उत्थानशील युवा सञ्जाल साथै स्थानीयबासीको सहभागिता रहेको थियो।

नेपाल राष्ट्रिय समाज कल्याण संघ (एनएनएसडब्ल्यूए) का कार्यकारी निर्देशक अशोक बिक्रम जैरूले संविधान दिवसको अवसरमा पहिलो दिन नगर सरसफाई र दिप प्रज्वलन कार्यक्रमबाट कार्यक्रम सुरुवात गरिएको बताउनुभयो। वृहत सरसफाई कार्यक्रममा सरकारी तथा गैरसरकारीका कार्यालय प्रमुखहरु सहभागिता रहेको र संविधान दिवसको अवसरमा ईको पार्कमा वृहत वृक्षरोपण कार्यक्रम गरिने उहाँले बताउनुभयो।

बढ्दो जलवायु परिवर्तनको असरबाट शहरी क्षेत्र बढी प्रभावित भएको अवस्थामा कार्वन उत्सर्जन कम गर्न साथै खुल्ला क्षेत्रहरुको संरक्षण गर्ने उद्देश्यले नेपाल राष्ट्रिय समाज कल्याण संघ (एनएनएसडब्ल्यूए) र डीसीए नेपालको साँझेदारी तथा भीमदत्त नगरपालिकाको सहकार्यमा भीमदत्त नगरपालिकाको ईको पार्कमा वृहत वृक्षरोपण कार्य गरिने कार्यकारी निर्देशक जैरूले बताउनुभयो।

२०७२ साल ३ असोज गते संघीय लोकतान्त्रिक नेपालको संविधान निर्माण भएको थियो। संविधान घोषणाको अवसर पारेर कञ्चनपुरमा सरकारी तथा गैरसरकारी संस्थाहरुले विभिन्न कार्यक्रम गरेर दिवस मनाउँदै आईरहेका छन्।

About Surendra Jairu

Check Also

दोधारा चाँदनीका १ सय ७० बाढी प्रभावित परिवारलाई गैर खाद्य सामग्री वितरण

दोधाराः कञ्चनपुरको दोधारा चाँदनी नगरपालिकाका बाढी प्रभावितहरुलाई गैर खाद्य सामग्री वितरण गरिएको छ। अक्सफाम र …

Leave a Reply

Your email address will not be published. Required fields are marked *