Breaking News

सिक्किमका मुख्यमन्त्री पीएस गोलेद्वारा दिल्लीमा केन्द्रीय मन्त्री मनोहरलाल खट्टरसित भेटघाट

सिक्किमका मुख्यमन्त्री प्रेम सिंह तामाङले आज राजधानी दिल्लीमा केन्द्रीय आवास, शहरी मामिला एवं उर्जा मन्त्री मनोहरलाल खट्टरसित उनको सरकारी निवासमा शिष्टाचार भेट गरेका छन । भेटघाटका क्रममा मुख्यमन्त्री तामाङले हालै केन्द्रीय मन्त्रीमा नियुक्त भएकोमा मन्त्री खट्टरलाई शुभकामना दिँदै सिक्किम अनि राष्ट्रको भलाईका लागि भविष्यमा सहयोग रहनेमा आशावादी रहेको बताएका छन । सामाजिक संजालमा एक पोस्ट जारी गर्दै मुख्यमन्त्री तामाङले यो जानकारी दिएका हुन । उनले भेटघाटमा राज्यसभा सांसद डीटी लेप्चा र मुख्य सचिव वी.बी पाठक पनि उपस्थित रहेको जानकारी दिएका छन ।

About globalgorkhatimes.com

Check Also

दिल्लीमा दयाल स्पोर्ट्सको आयोजनामा चौथो खुला तेकवान्दो च्याम्पियनशीप सम्पन्न

नयाँ दिल्ली, 21 अक्टोबर 2024/ भारतमा नेपाली प्रशिक्षकहरुले खेल क्षेत्रमा अतुलनिय योगदान दिइरहेका छन । …

Leave a Reply

Your email address will not be published. Required fields are marked *