Breaking News

हरितालिका तीज विशेष शुभकामना आदान-प्रदान कार्यक्रम सम्पन्न   

कञ्चनपुर: कञ्चनपुरको भीमदत्त नगरपालिकामा हरितालिका तीज विशेष शुभकामना आदान-प्रदान कार्यक्रम सम्पन्न भएको छ। जनज्योती सामुदायिक विपद् व्यवस्थापन समितिको आयोजना तथा भीमदत्त नगरपालिकाको समन्वय र नेपाल राष्ट्रिय समाज कल्याण संघ (एनएनएसडब्ल्यूए) तथा डीसीए नेपालको आर्थिक तथा प्राविधिक सहयोगमा “पूर्वसूचनामा सबैको पहुँच बढाऔँ, विपद्को जोखिम घटाऔँ” भन्ने नारा सहित हरितालिका तीज विशेष शुभकामना आदान-प्रदान कार्यक्रम सम्पन्न भएको हो।

सो अवसरमा जनज्योती सामुदायिक विपद् व्यवस्थापन समितिका संयोजक जमुना सुनारले तीजको शुभकामना व्यक्त गर्दै पूर्वसूचना प्रणालीमा जोखिमयुक्त समुदायको पहुँच बढाएर विपद्को जोखिम  घटाउनका लागि सबैले भूमिका निर्वाह गर्नुपर्ने बताउनुभयो। उहाँले विपद्का बेला आपसी सद्‍भाव कायम राख्न सहयोग पुगोस् भन्ने हेतुले कार्यक्रमको आयोजना गरिएको बताउनुभयो।

कार्यक्रममा भीमदत्त नगरपालिकाका नगर उपप्रमुख निलम लेखक जोशीले विपद्सम्बन्धी पूर्वसूचना प्रवाह, विपद् व्यवस्थापन साथै विपद् जोखिम न्यूनिकरणका लागि भीमदत्त नगरपालिका सदैब प्रतिबद्ध रहेको बताउनुभयो। उहाँले विपद् व्यवस्थापन समितिलाई नगरपालिकाको तर्फबाट पनि बजेट विनियोजन गर्ने बताउनुभयो। उहाँले सीडीएमसीका महिलाहरूको नेतृत्व विकास सम्बन्धी तालिमको व्यवस्था गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो। उहाँले हरितालिका तीज २०८१-को शुभकामना व्यक्त गर्नुभयो।

भीमदत्त नगरपालिका वडा नम्बर ११ को कार्यालयमा जनज्योती सामुदायिक विपद् व्यवस्थापन समितिका संयोजक जमुना सुनारको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा प्रमुख अथितिका रूपमा भीमदत्त नगरपालिकाका नगर उपप्रमुख निलम लेखक जोशी रहनुभएको थियो। कार्यक्रममा भीमदत्त नगरपालिकाका ११ वटा सामुदायिक विपद् व्यवस्थापन समितिका संयोजक, पदाधिकारी, सदस्यहरू साथै आमन्त्रित अतिथिहरूको उपस्थिति रहेको थियो।

कार्यक्रमको सुरूवातमा उपस्थित महिला दिदिबहिनीहरूले “पूर्वसूचनामा सबैको पहुँच बढाऔँ, विपद्को जोखिम घटाऔँ” भन्दै देउडा खेलेका थिए। त्यसपछि तीजको गीतहरूमा नृत्य गरेका थिए।

About Surendra Jairu

Check Also

एनएनएसडब्ल्यूएद्वारा पुनर्वासका किसानहरूलाई सिचाईका लागि मोटर वितरण

कञ्चनपुरः कञ्चनपुरको पुनर्वास नगरपालिकामा सिचाईका लागि मोटर वितरण गरिएको छ। नेपाल राष्ट्रिय समाज कल्याण संघ …

Leave a Reply

Your email address will not be published. Required fields are marked *