नयाँ दिल्लीः एसिया कपको उद्घाटन खेलमा नेपाल पाकिस्तानसँग पराजित भएको छ। पाकिस्तानको मुल्तान क्रिकेट मैदानमा भएको खेलमा नेपाल २३८ रनको फराकिलो अन्तरले पराजित भएको हो।
पाकिस्तानले निर्धारित ५० ओभरमा ६ विकेट गुमाउँदै ३४२ रन बनाएको थियो। ३४३ रनको विशाल लक्ष्य पछ्याएर ब्याटिङमा उत्रिएको नेपाल २३ ओभरमै अलआउट हुन पुग्यो। नेपालले २३ दशमव ३ ओभरमा १०४ रन मात्र बनाउन सक्यो।
अब नेपालले एसिया कप अन्तर्गत दोस्रो खेल १८ गते भारतविरुद्ध खेल्नेछ।