Breaking News

उत्थानशील युवा सञ्जालद्वारा “सफा भीमदत्त, हरित भीमदत्त” अभियान सुरू

कञ्चनपुरः उत्थानशील युवा सञ्जालले “सफा भीमदत्त, हरित भीमदत्त” अभियान सुरू गरेको छ। बढ्दो जलवायु परिवर्तनको असरबाट शहरी क्षेत्रप्रभावित भएको अवस्थामा कार्वन उत्सर्जन कम गर्न साथै खुल्ला क्षेत्रहरूको संरक्षण गर्ने उद्देश्यले भीमदत्त नगरपालिका स्तरीय उत्थानशील युवा सञ्जाल र महाकाली युवा क्लबले बृहत वृक्षारोपण अभियानको थालनी गरेको हो। सञ्जालले नेपाल राष्ट्रिय समाज कल्याण संघ (एनएनएसडब्ल्यूए) तथा डीसीए नेपालको आर्थिक तथा प्राविधिक सहयोगमा वृक्षारोपण अभियान सुरू गरेको छ। अभियानअन्तर्गत भीमदत्त नगरपालिका वडा नम्बर १६ मा रहेको चिल्ड्रेन पार्कमा १०५ वटा बिरूवा साथै वडा नम्बर १४ स्थित श्री शान्ति आधारभूत विद्यालयमा २०० र श्री बैजनाथ आधारभूत विद्यालयमा १५० बिरूवा रोपण गरिएको छ।

उत्थानशील युवा सञ्जालका कोषाध्यक्ष उत्तम सुनारले पछिल्लो समय बढ्दो जलवायु परिवर्तनको असर, मोटरगाडीको उच्चतम् प्रयोग साथै उद्योग धन्दाहरूले वातावरण प्रदुषित बन्दै गएको अवस्थामा वातावरणीय सन्तुलन कायम गर्न वृक्षारोपण अभियानको थालनी गरिएको बताउनुभयो।

त्यस्तै उत्थानशील युवा सञ्जालका सदस्य हेमन्ती महरले भीमदत्त नगरपालिकालाई हरियो र सफा बनाउने उद्देश्यले वृक्षारोपण अभियान सुरू गरिएको बताउनुभयो। उहाँले भीमदत्त नगरपालिका भित्रका खालि स्थानहरूको बारेमा जानकारी दिन साथै रोपिएका बिरूवाहरूको संरक्षण गरेर यस अभियानमा जोडिन सम्पूर्णलाई आग्रह गर्नुभयो।      

भीमदत्त नगरपालिका वडा नम्बर १६ का वडा अध्यक्ष केशव सिंह विस्टले युवा सञ्जालले हरियाली प्रवर्द्धनका लागि गरिरहेको काम सराहनीय रहेको बताउनुभयो। उहाँले चिल्ड्रेन पार्कलाई सफा, सुन्दर, स्वच्छ र हराभरा बनाउने प्रमुख जिम्मेवारी स्थानीयबासीको भएकाले पार्कमा रोपिएका बिरूवाहरूको संरक्षण गर्नुपर्नेमा जोड दिनुभयो।    

भीमदत्त नगरपालिका वडा नम्बर १४ का वडा अध्यक्ष भोज राज जोशीले प्रदुषण रोक्ने सबै भन्दा उत्तम उपाय भनेको वृक्षारोपण भएकाले उत्थानशील युवा सञ्जालको यस अभियान सबैले साथ दिनुपर्ने तर्क गर्नुभयो।

नेपाल राष्ट्रिय समाज कल्याण संघ (एनएनएसडब्ल्यूए) का कार्यकारी निर्देशक अशोक बिक्रम जैरूले मानिसले नै वातावरणलाई प्रदुषित वा असंतुलित बनाई राखेको बताउनुभयो। उहाँले प्रकृतिसँग बदमासी गरिएमा ठूलो प्राकृतिक विपद्को सामना गर्नुपर्ने अवस्था आउने बताउनुभयो। उहाँले हाम्रा भावी सन्ततीहरूलाई स्वच्छ हावा प्रदान गर्नका लागि पनि वृक्षारोपण गर्नुपर्ने बताउनुभयो।

एनएनएसडब्ल्यूए सुदृढ परियोजनाका कार्यक्रम संयोजक राज कुमार सुनारले जलवायुको समस्या तथा हरितगृह ग्यास उत्सर्जनको कारणले भएको वातावरण प्रदूषणलाई कम गर्न वृक्षारोपण अभियानको थालनी गरिएको बताउनुभयो।  

नेपाल राष्ट्रिय समाज कल्याण संघ एनएनएसडब्ल्यूएले जलवायु अनुकुलन साथै हरियाली प्रवर्धनका लागि कार्यक्रमहरू सञ्चालन गर्दै आएको छ।

About Surendra Jairu

Check Also

पुनर्वासमा बाढी प्रभावित २०० परिवारलाई १७ लाख बराबरको गैर खाद्य सामग्री वितरण

कञ्चनपुरः कञ्चनपुरको पुनर्वास नगरपालिकाका बाढी प्रभावित परिवारहरूलाई गैर खाद्य सामग्री वितरण गरिएको छ। सेव द …

Leave a Reply

Your email address will not be published. Required fields are marked *