Breaking News

एनएनएसडब्ल्यूएद्वारा बाढी प्रभावित समुदायहरुमा उखु खेति प्रवर्धनका लागि कृषि औजार वितरण

कञ्चनपुरः कञ्चपुरमा बाढी प्रभावित समुदायहरूमा उखु खेति प्रवद्धनका लागि साना कृषि औजार वितरण गरिएको छ। नेपाल राष्ट्रिय समाज कल्याण संघ (एनएनएसडब्ल्यूए) कञ्चनपुर र मर्सिकोर नेपालको साझेदारिमा सञ्चालित आर्थिक विकासमार्फत विपद् जोखिम व्यवस्थापन (एमरेड) परियोजनाले बाढी प्रभावित समुदायहरुमा उखु खेति प्रवर्धनका लागि ४ लाख ९६ हजार बराबरको कृषि औजार वितरण गरेको हो। जसमा परियोजना र समितिको ५०% लागत र बाँकी ५०% लागत सहभागीहरूको रहेको छ।

बाढी प्रभावित समुदायहरूमा उखुको रोपाईका लागि आवश्यक साना कृषि औजारहरूको सहज उपलब्धता र प्रयोग नभएको अवस्थामा एमरेड परियोजनाले बगरमा उखु खेतिका लागि पुनर्वास नगरपालिका-१ भकुण्डा सामुदायिक विपद् व्यवस्थापन समितिलाई १ थान रोटाभेटर, गणेश वस्ति सामुदायिक विपद् व्यवस्थापन समितिलाई एक थान ट्रेन्चर, वडा नम्बर-७ उग्रतारा सामुदायिक विपद् व्यवस्थापन समितिलाई एक थान राजाहल, वडा नम्बर-७ शिवशक्ति सामुदायिक विपद व्यवस्थापन समिति परासनलाई एक थानहैरो र वडा नम्बर ९ सितावस्ती सामुदायिक विपद् व्यवस्थापन समितिलाई एक थान रोटाभेटर ५० प्रतिशत अनुदानमा उपलब्ध गराएको छ।

पुनर्वास नगरपालिकाका नगर प्रमुख तोय प्रसाद शर्मा, वडा नम्बर ६ का अध्यक्ष मित्रसिंह राना, कृषि विकास शाखा प्रमुख कर्णबहादुर शाही र एनएनएसडब्ल्यूएका कार्यकारी निर्देशक अशोक बिक्रम जैरूले एक कार्यक्रम बिच संयुक्त रुपमा विपद् व्यवस्थापन समितिहरूलाई कृषि उपकरण हस्तान्तरण गर्नुभयो।

हस्तान्तरण कार्यक्रमलाई सम्बोधन गर्दै पुनर्वास नगरपालिकाका नगर प्रमुख तोय प्रसाद शर्माले  नगरपालिकाले कृषि उत्पादनमा वृद्धि गर्न यस वर्ष सिचाईमा विशेष जोड दिएको बताउनुभयो। उहाँले साना तथा न्यून आय स्तर भएका बाढी प्रभावित समुदायका किसानहरूलाई सहज रूपमा साना कृषि औजारको प्रयोगमा पहुँच गराई आधुनिक उखु खेतीका  माध्यमले आयआर्जनको अवसर सृजना गरी जिविकोपार्जनमा सुधार गर्न एमरेड परियोजनाले सहयोग गरेको बताउनुभयो। उहाँले सहयोगको लागि एनएनएसडब्ल्यूएलाई धन्यवाद दिदैँ समुदायको पनि ५० प्रतिशत लगानि भएकाले उक्त सामाग्रीहरूको प्रयोग र व्यवस्थापन समितिले गर्नेमा आफु विश्वस्त रहेको तर्क गर्नुभयो।

कार्यक्रममा एनएनएसडब्ल्यूएका कार्यकारी निर्देशक अशोक बिक्रम जैरूले उखु खेतिमा आधुनिक प्रविधियुक्त कृषि औजारको प्रयोगमा सबै किसानहरूको सहज पहुँच गराई उखु खेतिको विस्तार र उत्पादनमा वृद्धि गर्नका लागि परियोजनाले समुदायको माग अनुसार ५० प्रतिशत समुदायको लगानि रहने गरी यो कार्यक्रम ल्याएको बताउनुभयो।

पुनर्वास नगरपालिका-९ सितावस्ती सामुदायिक विपद् व्यवस्थापन समतिका अध्यक्ष पदम परियारले सामुदायिक विपद् व्यवस्थापन समितिले समुदायमा कृषि औजार प्रयोग गर्दा परियोजना लाभान्वित घरधुरीहरुलाई पहिलो प्राथमिकता दिने र सहुलियत शुल्कमा उपलब्ध गराउने बताउनुभयो।

एमरेड परियोजनाले विपद् जोखिम न्यूनिकरण र आर्थिक विकासका क्षेत्रमा सहयोग पुऱ्याउन सक्ने उपक्षेत्रका रूपमा कञ्चनपुर जिल्लाको लागि उखु खेतिलाई छनौट गरेको हो। परियोजनाले बगर क्षेत्रमा आधुनिक उखु खेतिलाई प्रवर्धन गर्नका लागि चिनी मिल र कृषि विकास शाखासँग समन्वय गरि उपयुक्त जातका बिउ छनौट, उन्नत रोपण प्रविधि, बिउ उपचार, रोग तथा किरा व्यवस्थापन लगायतका  कुराहरूमा पनि प्राविधिक सहयोग गर्दै आईरहेको छ।

About Surendra Jairu

Check Also

दोधारा चाँदनीमा आयुर्वेदिक उपचारमा बढ्यो आकर्षण

कञ्चनपुरः कञ्चनपुरको दोधारा चाँदनी नगरपालिकाका स्थानीयहरू आयुर्वेदिक उपचार पद्धती तर्फ आकर्षित भएका छन्। गत ४ …

Leave a Reply

Your email address will not be published. Required fields are marked *