उत्तरप्रदेश, 6 जनवरी 2025
उत्तर प्रदेश राज्यको महाराजगंजमा हिंग र शिलाजित बेच्न गएका एक नेपालीमाथि छुरा प्रहार गरि लूटपाट भएको छ । महाराजगंजको आरबीजीआर कलेज नजिक शनिवार बदमाशहरुले चन्द्रराज बस्नेत नाम गरेका नेपाली युवकमाथि दिँउसै छुरा प्रहार गरि 10 हजार नगद र मोबाइल लूटेका छन । जानकारीका अनुसार घटनास्थल नजिकै केही दूरीमा एसडीपीओको वासस्थान पनि छ । घटनाको बारेमा बताउँदै नेपाली युवक चन्द्रराज बस्नेतले शनिवार उनी हिंग बेच्नका लागि आरबीजीआर कलेज पछाडी गएका थिए । त्यसै बेला चार पांच जनाको संख्यामा रहेका केही बदमाशहरुले छुरा देखाएर नगद र मोबाइल लुट्ने प्रयास गर्दै थिए । नेपाली युवकले त्यसको विरोध गरेपछि अपराधीहरुले युवकमाथि छुरा प्रहार गरेका हुन । त्यसपछि नेपाली युवकसँग रहेको 10 हजार रूपया र मोबाइल खोसेर फरार भएका हुन । स्थानीय मानिसहरुले नेपाली युवकलाई प्राथमिक उपचारका लागि पीएचसी अस्पताल पुऱ्याएका थिए ।
घटनाले नेपाली युवक त्रसित भएका छन । पुलिसले अपराधीहरुको खोज तलाशी गरिरहेको छ । थानाध्यक्ष उपेन्द्र कुमार सिंहले पुलिस पदाधिकारीको टीमलाई घटनास्थलमा पठाएर अनुसन्धान शुरु गरेको बताएका छन ।