Breaking News

बर्दियामा बाघकाे आक्रमणबाट एक महिलाको मृत्यू

नयाँ दिल्लीः बर्दियामा बाघको आक्रमणबाट एक महिलाको ज्यान गएको छ। बर्दियाको मधुवन नगरपालिका–३ भग्रैया नजिक पाटे बाघको आक्रमणमा परि स्थानीय ५५ वर्षीया महिलाको ज्यान गएको खाता समन्वय समितिका अध्यक्ष हरि गुरुङले जानकारी दिए।

नेपाल–भारत सीमा तथा खाता संरक्षण क्षेत्र नजिक शुक्रवार दिउँसो घाँस काट्ने क्रममा बाघको आक्रमणमा परि महिलाको ज्यान गएको डिभिजन वन कार्यालय बर्दियाका सहायक वन अधिकृत द्रोणराज शर्माले बताए।  बाघले आक्रमण गरि महिलालाई जङ्गलतर्फ पुर्‍याएकाे थियो। खोजी गर्ने क्रममा सम्झना सामुदायिक वनमा एउटा हात बाघले खाएको अवस्थामा महिलाको शव फेला परेको डिभिजन वन कार्यालयका सहायक वन अधिकृत शर्माले बताए।

खाता जैविकमार्ग क्षेत्रमा बाघ लगायतका वन्यजन्तुको दिनहुँ त्रास रहेको खाता समन्वय समितिका अध्यक्ष गुरुङले बताए। नजिकैको सामुदायिक वन र राष्ट्रिय वनभित्र घाँस, दाउरा लिन र च्याउ तथा साग खोज्न जङ्गल जाने क्रम पनि बढेको डिभिजन वन कार्यालयले जनाएको छ।

जङ्गल नजिकैका स्थानीय जङ्गल जाने कारणले हरेक वर्ष बाघ आक्रमणका घटना हुने गरेको डिभिजन वन कार्यालय बर्दियाकाे भनाइ छ।

About Surendra Jairu

Check Also

दोधारा चाँदनीमा आयुर्वेदिक उपचारमा बढ्यो आकर्षण

कञ्चनपुरः कञ्चनपुरको दोधारा चाँदनी नगरपालिकाका स्थानीयहरू आयुर्वेदिक उपचार पद्धती तर्फ आकर्षित भएका छन्। गत ४ …

Leave a Reply

Your email address will not be published. Required fields are marked *