Breaking News

आदित्य-एल १ ले अन्तरिक्षबाट पठायो पहिलो सेल्फी

नयाँ दिल्लीः भारतीय अन्तरिक्ष अनुसन्धान केन्द्र (इसरो) ले सूर्य मिसन (आदित्य-एल १) को एउटा तस्वीर साझा गरेको छ। यो तस्वीर आदित्य-एल १ ले खिचेको हो जुन अहिले सूर्य मिसनमा छ। एउटा तस्वीरमा सूर्य र चन्द्रमा एकै फ्रेममा देखिएका छन्। दोस्रो तस्वीरमा भने सेल्फी हो जसमा आदित्य-एल १ का सात उपकरण मध्ये दुई वटा देखिएका छन्। आदित्य-एल १ लाई गत शनिबार अन्तरिक्षमा पठाइएको थियो।

भारतले सूर्यको अनुसन्धान गर्ने पहिलो अन्तरिक्ष अभियान सफलतापूर्वक प्रक्षेपण गरेको हो। चेन्नईबाट १०० किलोमिटर उत्तरमा पर्ने उक्त स्थलबाट भारतीय समय अनुसार शनिबार बिहान ११ बजेर ५० मिनेट जाँदा उक्त रकेट प्रक्षेपण गरिएको थियो।

सूर्य मिसन भए पनि यो अन्तरिक्ष यान सूर्यको नजिक भने जाने छैन। आदित्य-एल १ पुग्नुपर्ने दूरी पृथ्वीबाट १५ लाख किलोमिटर छ जुन पृथ्वी र चन्द्रमाबीचको दूरीको चार गुणा हो। तर त्यो सूर्य र पृथ्वी बीचको दूरीको झण्डै एक प्रतिशत मात्र हो। पृथ्वीदेखि सूर्यको दूरी भने १५ करोड १० लाख किलोमिटर छ।

 

 

About Surendra Jairu

Check Also

फरिदाबादमा प्रवासी नेपाली संघ भारतको भव्य तीज कार्यक्रम, वर्षाको बावजुद सयौंको भीड

10, सेप्टेम्बर 2024, फरिदाबाद भारत प्रवासमा रहेका विभिन्न संगठनले हरितालिका तीज पर्व भव्य रुपमा मनाएका …

Leave a Reply

Your email address will not be published. Required fields are marked *