Breaking News

नयाँ वर्ष 2024 को पहिलो दिन हाम्रो स्वाभिमान ट्रस्टद्वारा विपन्नहरुलाई कम्बल वितरण

नयाँ दिल्ली, 1 जनवरी 2024

सामाजीक कार्यमा अग्रसर हाम्रो स्वाभिमान ट्रस्टले नयाँ वर्षको पहिलो दिन 1 जनवरी 2024 मा श्री हरिहर वैदिक संस्कृत गुरुकुलम, बख्तावरपुर, दिल्लीमा पुगेर आश्रममा आवश्यकतामा भएका  बालबालिकाहरुलाई निशुल्क कम्बल वितरण गरेको छ । प्रतिष्ठित ट्रस्टले चिसोबाट बच्न गरिब तथा विपन्नलाई हरेक वर्ष नि:शुल्क कम्बल वितरण गर्दै आएको छ । यही पहललाई अगाडि बढाउँदै यसपटक पनि ट्रस्टको महिला समितिकी उपाध्यक्ष कमला शर्माको नेतृत्वमा नयाँ वर्षको अवसरमा श्री हरिहर संस्कृत गुरुकुलम, दिल्लीमा कम्बल वितरण गरिएको हो ।

यस अवसरमा हाम्रो स्वाभिमान ट्रष्टका कार्यकारी अध्यक्ष शिबलाल ज्ञँवालीले आवश्यक्ता भएकाहरुलाई आत्मबल जगाएर सशक्तिकरण गर्नु हाम्रो परम कर्तव्य भनि बताएका छन। उनले यस्ता अभावमा रहेकाहरुको उत्थानका लागि हाम्रो संस्थाले हरेक वर्ष जति सक्दो सहयोग गरिरहने बताए । सो अवसरमा संस्थाका महासचिव अनिता क्षेत्रीले अत्याधिक चिसोमा गरिब जनतालाई संस्थाले सहयोग गर्न सक्ने गरी आवश्यक परेकालाई आर्थिक सहयोग गर्ने बताइन । यसको लागि ट्रस्टले निरन्तर सेवा जारी राख्ने भनिन।

वर्षको पहिलो दिन गरिएको कम्बल वितरणका लागि नारायण श्रेष्ठ अध्यक्ष, सेटलर ट्रस्टि प्रेम क्षेत्री, नारायण शर्मा उपाध्यक्ष, अनिता ज्ञँवाली अध्यक्ष महिला समिति, बिन्दु सिंह, जमुना न्योपाने, कविता शर्मा, ललिता शर्मा, नोमा शर्मा, शोभा शर्मा, माया शर्मा लगायत ट्रस्टका सदस्यहरुको विशेष भूमिका रहेको थियो।

About globalgorkhatimes.com

Check Also

दोधारा चाँदनीमा आयुर्वेदिक उपचारमा बढ्यो आकर्षण

कञ्चनपुरः कञ्चनपुरको दोधारा चाँदनी नगरपालिकाका स्थानीयहरू आयुर्वेदिक उपचार पद्धती तर्फ आकर्षित भएका छन्। गत ४ …

Leave a Reply

Your email address will not be published. Required fields are marked *