Breaking News

विशेष खबर

ईको पार्क संरक्षण, संवर्धन र व्यवस्थाप कार्य तीव्र

कञ्चनपुरः कञ्चनपुरको भीमदत्त नगरपालिकामा रहेको ईको पार्कको संरक्षण, संवर्धन र व्यवस्थापन कार्य तीव्ररूपमा भइरहेको छ। स्थानीय जनप्रतिनिधि, संघसंस्था साथै सरोकारवाला निकायहरूको सक्रीयतामा बजारकै मुटुमा रहेको ईको पार्क व्यवस्थापन कार्य भइरहेको हो। शुक्रबार जनप्रतिनिधि, संघसंस्था साथै सरोकारवाला निकायहरू बीच ईको पार्कको संरक्षण, संवर्धन र व्यवस्थापन सम्बन्धी जानकारी तथा सुझाव संकलनका लागि छलफल …

Read More »

दोधारा चाँदनीमा आयुर्वेदिक उपचारमा बढ्यो आकर्षण

कञ्चनपुरः कञ्चनपुरको दोधारा चाँदनी नगरपालिकाका स्थानीयहरू आयुर्वेदिक उपचार पद्धती तर्फ आकर्षित भएका छन्। गत ४ वर्ष देखि दोधारामा नागरिक आरोग्य सेवा केन्द्र सञ्चालनमा आएपछि यस प्रति स्थानीयहरू आकर्षित भएका हुन्। महाकाली आयुर्वेद औषधालय महेन्द्रनगर र दोधारा चाँदनी नगरपालिका कार्यालयको सहयोगमा स्थापना भएको नागरिक आरोग्य सेवा केन्द्रमा दैनिक २५ देखि ३० …

Read More »

सबै दललाई साथ लिएर संविधान संशोधन हुन्छः एमाले सचिव भट्टराई

काठमाण्डौं, 3 अगस्त 2024 सत्तारुढ नेकपा (एमाले) का सचिव एवं संसदीय विभाग प्रमुख योगेशकुमार भट्टराईले काँग्रेस–एमाले सबै राजनीतिक दलहरुलाई साथमा लिएर संविधान संशोधन गर्ने पक्षमा रहेको बताउनुभएको छ । ताप्लेजुङ सरोकार केन्द्रले शनिवार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उहाँले सो कुरा बताउनुभएको हो । सचिव भट्टराईले नेपालको राजनीतिक व्यवस्थालाई …

Read More »

बेलडाँडी गाउँपालिकाका बाढी प्रभावित ६ सय ३९ परिवारलाई राहत वितरण

11 जुलाई 2024/कञ्चनपुरः कञ्चनपुरको बेलडाँडी गाउँपालिकाका बाढी प्रभावित परिवारहरूलाई राहत वितरण गरिएको छ। सेव द चिल्ड्रेन र नेपाल राष्ट्रिय समाज कल्याण संघ (एनएनएसडब्ल्यूए) ले बेलडाँडी गाउँपालिकासँगको समन्वयमा गाउँपालिकाका बाढी प्रभावित ६ सय ३९ घर परिवारलाई ५० लाख बराबरको अत्यावश्यक सामग्री सहयोग गरेको हो। बाढी प्रभावित परिवारहरूलाई भाडाकुँडा, त्रिपाल, डोरी, झुल, …

Read More »

नुवाकोटका आदित्यलाई खोज्न परिवारले गर्यो आग्रह

खिमराज चालिसे/ चंडिगढ (भारत)५ जुलाई २०२४ नुवाकोटको बिदुर नगरपालिका वार्ड नं १३, हर्कपुरका यादव भट्टका छोरा आदित्य भट्ट बर्ष १४ एक्कासी ०८ असार २०८१ को सम्पर्क विहिन भएका छन। छोरा सम्पर्क बिहिन भएपछि परिवारले मिडियालाई खोजी कार्यमा सहयोग गरिदिन अनुरोध गरेको छ। खोजी तलासीको क्रममा २०८१ असार ८ गते काठमाण्डौंको …

Read More »

कैलालीमा प्रहरी चौकी इन्चार्ज नै प्रहरी नियन्त्रणमा

30 जुन 2024/कैलाली कैलालीमा प्रहरी चौकी इन्चार्ज प्रहरी नियन्त्रणमा परेका छन्। टीकापुर नगरपालिका वडा नम्बर ९ खैरिपुर स्थित प्रहरी बिटमा सार्वजनिक स्थलमा अपशब्द प्रयोग गर्दै गालिगलौच गरिरहेका प्रहरी चौकी सत्तीका ईन्चार्ज प्रहरी नायब निरिक्षक असोक खड्कालाई शनिबार साँझ ईलाका प्रहरी कार्यालय टीकापुरले नियन्त्रणमा लिएको हो। सार्वजनिक स्थलमा जथाभावि हो–हल्ला गरेर …

Read More »

मुख्यमन्त्री प्रेम सिंह तामाङले केन्द्रिय बजेटमा सिक्किमको आपदाका लागि गरे विशेष अनुदानको माग

नयाँ दिल्ली, 22 जुन 2024 सिक्किमका मुख्यमन्त्री प्रेम सिंह तामाङ गोलेले केन्द्रीय वित्तमन्त्री निर्मला सीता रमणसँगको बैठकमा सिक्किममा प्राकृतिक आपदाले पुर्‍याएको क्षतिहरुका लागि विशेष अनुदान दिन ध्यानाकर्षण गराएका छन । नयाँ दिल्लीको भारत मण्डपममा आज बासेको बजेट पूर्व बैठकमा सहभागिता जनाइँदै मुख्यमन्त्री गोलेले वित्तमन्त्री सितारमणलाई दक्षिण ल्होनाक लेक फुटेर आएको …

Read More »

सिक्किमका मुख्यमन्त्री पीएस गोलेद्वारा दिल्लीमा केन्द्रीय मन्त्री मनोहरलाल खट्टरसित भेटघाट

21 जुन 2024/ नयाँ दिल्ली                                                    सिक्किमका मुख्यमन्त्री प्रेम सिंह तामाङले आज राजधानी दिल्लीमा केन्द्रीय आवास, शहरी मामिला एवं उर्जा मन्त्री मनोहरलाल खट्टरसित उनको सरकारी निवासमा …

Read More »

एनएनएसडब्ल्यूए-द्वारा अपाङ्गता भएका व्यक्तिहरूलाई सहायक सामग्री वितरण

29 अप्रेल, 2024, कञ्चनपुरः नेपाल राष्ट्रिय समाज कल्याण संघ (एनएनएसडब्ल्यूए) ले अपाङ्ता भएका व्यक्तिहरूलाई सहायक सामग्री वितरण गरेको छ। एनएनएसडब्ल्यूएले भीमदत्त नगरपालिकासँगको सहकार्यमा पालिका भित्रका विभिन्न वडामा रहेका ४८ जना शारीरिक अपाङ्गता भएका व्यक्तिहरूलाई सहायता सामग्री वितरण गरेको हो। भीमदत्त नगरपालिकाका नगर प्रमुख पदम बोगटी, उप प्रमुख निलम लेखक, स्वास्थ्य …

Read More »

शैक्षिक सुधारका लागि कञ्चनपुरका ४७९ विद्यार्थीद्वारा प्रधानमन्त्रीलाई पत्र

कञ्चनपुरः विद्यालयमा शैक्षिक सुधार तथा गुणस्तरीय शिक्षाका लागि कञ्चनपुरका ४७९ विद्यार्थीले प्रधानमन्त्री पुष्पकमल दहाल प्रचण्डलाई खुल्ला पत्र पठाएका छन्। ‘ग्लोबल एक्शन विक’ २०२४ को शिक्षा अभियानअन्तरर्गत शिक्षाका लागि राष्ट्रिय अभियान नेपालको आयोजनामा ‘मैले चाहेको शिक्षा’ शिर्षकमा कञ्चनपुरका भीमदत्त नगरपालिका, शुक्लाफाँटा नगरपालिका र कृष्णपुर नगरपालिका गरि १४ विद्यालयमा कक्षा ८, ९ …

Read More »