Breaking News

नागरिकको गुनासो तथा सुझाव संकलनका लागि दोधारामा प्रहरीको “नागरिक सुनुवाई” कार्यक्रम

कञ्चनपुरः नागरिकको गुनासो र सुझाव संकलन गर्ने उद्देश्यले जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले “नागरिक सुनुवाई” कार्यक्रम गरेको छ। कञ्चनपुरको दोधारा चाँदनी नगरपालिकामा जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले सामुदायिक साँझेदारी कार्यक्रमअन्तर्गत नागरिक सुनुवाई कार्यक्रम सम्पन्न गरेको हो। गुनासो व्यवस्थापनका लागि कञ्चनपुरले प्रदान गर्दै आएको सेवा र चाडपर्व नजिकिएसँगै प्रहरीले खेल्नुपर्ने भूमिका साथै जनताले अनुभूति गर्नेगरि मुस्कान सहितको सेवालाई प्रभावकारी बनाउन जनताको गुनासो सुन्नका लागि नागरिक सुनुवाई कार्यक्रमको आयोजना गरिएको कञ्चनपुर प्रहरीले जनाएको छ।

नागरिक सुनुवाई कार्यक्रममा दोधारा चाँदनी नगरपालिकाका नागरिकले शान्ति सुरक्षाको प्रत्याभूती, सीमानाकामा कडाई, चोरी तस्करी नियन्त्रण, लागू औषध तथा दुर्व्यसनी, दुर्घटना न्यूनीकरण र प्रहरीको सेवाबाट जनताले भोग्नुपरेको सास्ती लगायतका विषयमा कञ्चनपुर प्रहरीको ध्यानाकर्षण गराएका छन्।

प्रहरी सेवा प्रवाहलाई नागरिकमैत्री, पारदर्शी, निष्पक्ष, छिटोछरितो र चुस्तदुरुस्त बनाउनुका साथै सेवाग्राहीले उठाएका प्रश्नहरूमा स्पष्टता ल्याउने र नागरिकका रचनात्मक सुझावलाई ग्रहण गरी जिम्मेवार प्रहरी सेवा बनाउने ध्येयका साथ नागरिक सुनुवाई कार्यक्रमको आयोजना गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका एसपी चक्रराज जोशीले बताउनुभयो। उहाँले स्थानीय सरकार र नागरिक बिच समन्वय भएमा आपराधिक घटनाहरू न्यूनीकरण गर्न सहज हुने बताउनुभयो।

समुदाय–प्रहरी साँझेदारी कार्यक्रम अन्तर्गत “नागरिक सुनुवाई” कार्यक्रममा उपस्थित नेपाली काँग्रेस दोधारा चाँदनीका नगर सचिव रमेश भण्डारीले प्रहरी जनशक्तिको अभाव, दोधारा चाँदनी नगरपालिकाको खुला सिमा क्षेत्रमा दैनिक उपभोग्य सामग्री ल्याउन सकस, अस्थायी प्रहरी पोष्ट व्यवस्थित तथा चौकीहरू स्थायी गरिनुपर्ने माग राख्नुभयो। प्रहरी र स्थानीय सरकारले सचेतनामूलक कार्यक्रमहरू प्रभावकारी रूपमा सञ्चालन गर्नुपर्नेमा उहाँले जोड दिनुभयो।

ईलाका प्रहरी कार्यालय मातहतमा रहेका प्रहरी चौकीहरुलाई व्यवस्थित गरिनुपर्ने, सडक दुर्घटना न्युनिकरण गर्न विभिन्न प्रकारको सचेतनामुलक कार्यक्रम संचालन गरिनुपर्ने, दोधारा चाँदनी नगरपालिका क्षेत्रसँग जोडिएको भारतीय सिमा क्षेत्रमा शान्ति सुरक्षा कायम राख्न सुरक्षा फौज थपिनुपर्ने लगायत विषयमा स्थानीयहरूले जिज्ञासा राखेका थिए। कार्यक्रममा उठेका जिज्ञासाहरुलाई जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका एसपी चक्रराज जोशीले जवाफ दिनुभएको थियो। ईलाका प्रहरी कार्यालय दोधारा चाँदनीका प्रहरी निरिक्षक जगत गाहा मगरले प्रहरी कार्यालयले हालसम्म गरेको कार्य विवरण प्रस्तुत गर्नुभएको थियो।

प्रहरीको “नागरिक सुनुवाई” कार्यक्रममा जनप्रतिनिधी, सरकारी तथा गैरसरकारी निकायका प्रतिनिधी, राजनितिक दलका नेता, भद्रभलादमी, विद्यार्थी, पत्रकार, शिक्षकलगायतका सरोकारवालाहरूको बाक्लो उपस्थिती रहेको थियो।

About Surendra Jairu

Check Also

पुनर्वासमा पूर्वानुमानमा आधारित पूर्वकार्यका लागि आईएमई मार्फत नगद सहयोग

कञ्चनपुरः कञ्चनपुरको पुनर्वास नगरपालिकामा पूर्वानुमानमा आधारित पूर्वकार्यका लागि बाढीको उच्च जोखिममा रहेका घरधूरीहरूलाई आईएमई मार्फत …

Leave a Reply

Your email address will not be published. Required fields are marked *