Breaking News

दोधारा र पर्शुराम नगरपालिकालाई ‘पूर्वानुमानमा आधारित पूर्वकार्य गर्नका लागि डिजिटल प्रणाली’ हस्तान्तरण

कञ्चनपुरः कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका र डडेल्धुराको पर्शुराम नगरपालिकालाई ‘पूर्वानुमानमा आधारित पूर्वकार्य गर्नका लागि डिजिटल प्रणाली’ हस्तान्तरण गरिएको छ। दुवै पालिकामा ‘पूर्वानुमानमा आधारित पूर्वकार्य गर्नका लागि डिजिटल प्रणाली’ (दास्ता) परियोजनासम्बन्धी सिकाई आदान-प्रदान, क्षमता अभिवृद्धि तथा प्रविधि हस्तान्तरण कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा स्थानीय पालिका, नेपाल राष्ट्रिय समाज कल्याण संघ (एनएनएसडब्लूए), डीसीए नेपाल, नक्सा र इन्स्टिच्युट अफ हिमालयन रिस्क रिडक्सन (आईएचएचआर) को संयुक्त लगानिमा तयार पारिएको दास्ता प्रणाली दुवै पालिकालाई हस्तान्तरण गरिएको हो।

दोधारा चाँदनी नगरपालिकाका नगर प्रमुख किशोर कुमार लिम्बुले दोधारा चाँदनी नगरपालिका विपद्को दृष्टिकोणबाट उच्च जोखिममा रहेको पालिका भएपनि नेपाल राष्ट्रिय समाज कल्याण संघ (एनएनएसडब्लूए) र नक्सालगायतका संघसंस्थाहरूको सहयोगमा विपद् व्यवस्थापनको क्षेत्रमा धेरै राम्रो काम भएको बताउनुभयो। उहाँले दास्ता मोबाईल प्रणालीमा विपद् जोखिमको सम्पूर्ण अवस्थाहरू समेटिने भएकाले यो स्थानीय विपद् जोखिम व्यवस्थापन र समुदायिक उत्थानशीलतमा महत्त्वपूर्ण कोसेढुङ्गा सावित हुने बताउनुभयो।

पर्शुराम नगरपालिकाका नगरप्रमुख भरत बडायर जोशीले स्थानीय विपद् जोखिम व्यवस्थापन र समुदायलाई उत्थानशील बनाउने दास्ता प्रणालीको प्रयोग गर्ने बताउनुभयो।

नेपाल राष्ट्रिय समाज कल्याण संघ (एनएनएसडब्लूए) का कार्यकारी निर्देशक अशोक बिक्रम जैरूले दास्ता प्रमाणी मार्फत् स्थानीय सरकार र सेवाग्राहीसँग तथ्याङ्क उपलब्ध हुने भएकोले पूर्वानुमानमा आधारित पूर्वकार्य गर्नका लागि सहजता हुने बताउनुभयो। उहाँले दास्ता प्रणालीमा जोखिम नक्साङ्न तथा विश्लेषण, निगरानी र मूल्याङ्कन लगायतका तथ्याङ्क हुने भएकाले विपद् व्यवस्थापनका लागि सुरक्षित मार्ग तयार पार्न र राहत वितरण योजना बनाउने काममा समेत सहयोग पुग्ने बताउनुभयो।

कार्यक्रममा नक्साका तर्फबाट अनुसा पाण्डेयले दास्ता परियोजनाको कार्यान्वयन प्रक्रिया तथा गत असार र भदौको मनसुनमा बाढी जोखिम व्यवस्थापनमा दास्ता प्रणालीको प्रभावबारे प्रस्तुती दिनुभएको थियो।

त्यस्तै इन्स्टिच्युट अफ हिमालयन रिस्क रिडक्सन (आईएचआरआर) का कार्यकारी निर्देशक सुरज गौतमले बाढीको मोडेल तयार गर्ने र घरधुरी स्तरको जोखिम मुल्याङ्कन गर्ने प्रक्रियाको बारेमा जानकारी दिनुभएको छ।

कार्यक्रममा सरोकारवालाहरूले दास्ता प्रणाली व्यवहारिक तथा प्रयोगकर्ता-मैत्री उपकरण भएको भन्दै यसले विपद् पूर्वतयारी प्रक्रियामा सुधार गर्न, तथ्याङ्क त्रुटीमा सुधार गर्न साथै स्थानीय बासिन्दाहरूको क्षमता अभिवृद्धि गर्नमा मद्दत गर्ने विश्वास व्यक्त गरेका छन्।

About Surendra Jairu

Check Also

मधेस मुख्यमन्त्री कार्यालयअगाडि शहीद परिवारको आन्दोलन

जनकपुर, 22 नोभेम्बर, 2024 जनकपुरधामस्थित मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय अगाडि मधेस आन्दोलनका शहीद परिवारका सदस्यहरुले …

Leave a Reply

Your email address will not be published. Required fields are marked *