Breaking News

दिल्लीमा दयाल स्पोर्ट्सको आयोजनामा चौथो खुला तेकवान्दो च्याम्पियनशीप सम्पन्न

नयाँ दिल्ली, 21 अक्टोबर 2024/ भारतमा नेपाली प्रशिक्षकहरुले खेल क्षेत्रमा अतुलनिय योगदान दिइरहेका छन । विशेषगरि तेकवान्दो, कराँते र उसु खेलको क्षेत्रमा नेपाली प्रशिक्षकले सिकाएका कयौं खेलाडीहरुले भारतको नाम अगाडी लगिरहेका छन । यसै क्रममा नेपाली खेलाडीहरुद्वारा संचालित दयाल स्पोर्ट्सको आयोजनामा चौथो स्पोर्ट्स कप, खुला राष्ट्रिय तेकवान्दो च्याम्पियनशीप 2024 सम्पन्न भएको छ ।

दिल्लीको दिल्ली केन्टस्थित अलकांर बङ्किट हलमा आयोजित तेकवान्दो च्याम्पियनशीपमा दिल्ली , युपि , हरियाणा , मध्यप्रदेस , गुजरात , पंन्जाब र उत्तराखण्डका 300 खेलाडीको सहभागीता रहेको थियो ।

सुदुर पश्चिम् प्रदेशका सासंद शिव ओलिको प्रमुखको आतिथ्य र नेपाली राजदुतावास सांस्कृतिक काउन्सलर गोकुल बस्नेतको विशिष्ट आतिथ्यमा सम्पन्न प्रतियोगितामा हाम्रो स्वाभिमान ट्र्स्ट, अखिल भारत नेपाली एकता मन्च, सहिद लछी राजपुत दयाल स्मृति प्रतिस्ठान , प्रवासी नेपाली संघ,  प्रवासी नेपाली हेल्प मिसन,  दलित एकता संजाल,  आफन्त इन्डिया फाउन्डेसन, दलित मुक्ति अभियान, अखिल भारत नेपाली एकता समाज,  मेची महाकाली जागरण अभियानका प्रतिनिधि लगायत अन्य कयौं समाजसेवी र विशिष्ट ब्यक्तित्वहरुको आतिथ्य रहेको थियो ।  

समारोहका क्रममा सम्बोधन गर्दै प्रमुख अतिथि, विशिष्ट अतिथी लगायत अतिथिहरुले नेपाली खेलाडीहरुले खेलको क्षेत्रमा अभूतपूर्व प्रदर्शन गर्दै आएको र भारत आएर यसरी खेलाडी उत्पादन गर्ने काममा पनि अतुलनीय योगदान दिइरहेकोमा निकै खुशी लागेको बताए । अतिथिहरुले खेलाडीहरुको मनोबल बढाउनका लागि बालबालिकाहरुलाई खेलप्रति जागरुक गराई राख्न अहम भुमिका खेल्ने प्रशिक्षकहरुलाइ धन्यबाद दिदै बालबिलिकाहरुलाई सुभकामना ब्यक्त गरेका थिए ।

प्रतियोगितामा दिल्लीले प्रथम स्थान हासिल गरेको छ भने हरियाणा टिम A.T.A. दितिय र हरियाणा टिम EMINENT ले तृतिय स्थान हासिल गरेको छ।

सबै बिजेता खेलाडी र टिमहरुलाई अतिथिहरुद्वारा मेडल र ट्रफी प्रदान गरिएको थियो। अन्त्यमा प्रतियोगिता सम्पन्न गर्न खट्नु हुने रेफ्री, अफिसल, भोलेन्टियर, अभिभावक, प्रशिक्षक र आफ्नो अमुल्य समय दिएर उपस्थिति अतिथिहरुलाई मायाको चिनोबाट समान गरि प्रत्यक्ष अप्रत्यक्ष रुपमा सहयोग गर्ने सम्पूर्ण महानुभावहरुप्रति आयोजकले आभार ब्यक्त गर्दै कार्यक्रम सम्पन्न भएको थियो।

About globalgorkhatimes.com

Check Also

अन्तर्राष्ट्रिय नेपाली रक्तदाता संघको छैटौं महाधिवेशन काठमाडौंमा सम्पन्न, अध्यक्षमा रेग्मी

15 सेप्टेम्बर 2024 काठमाडौं : विश्वका बिभिन्न मुलुकमा रहेका नेपाली समुदायलाई नियमित रुपमा रक्तदान गर्न …

Leave a Reply

Your email address will not be published. Required fields are marked *