Breaking News

दिल्लीमा गुरुङ समूदायले मनाए तमु ल्होसार

नयाँ दिल्ली, 06, जनवरी 2025

गुरुङ समुदायको नयाँ वर्ष अर्थात तमु ल्होसार गत पुष 15 गतेबाट शुरु भइसकेको छ ।  गत हप्ता पुष 15 मा गुरुङ समूदायले तमु ल्होसार पर्व मनाए पनि दिल्लीमा बस्ने गुरुङ समूदायले भने हिजो आइतवार 5 जनवरी 2024 का दिन सामूहिक रुपमा मनाएका छन । गुरुङ सेवा समिति दिल्लीको आयोजनामा एक भव्य कार्यक्रमको आयोजना गरि सुगा वर्षलाई विदाई गरि सर्प वर्षलाई स्वागत गर्दै तमु ल्होसार पर्व मनाइएको हो। गुरुङ सेवा समितिका अध्यक्ष दलबहादूर गुरुङले अध्यक्षता र समितिका वरिष्ठ सल्लाहकार केबी गुरुङको संयोजकत्वमा भएको कार्यक्रम भारतीय सेनाका सेवा निर्वित मेजर जनरल गोपाल गुरुङको प्रमुख आतिथ्यता र नेपाली राजदूतावासका इकोनोमिक काउन्सिलर रविन्द्र जंग थापा, जीएसएका राष्ट्रिय अध्यक्ष रमेश सिंह क्षेत्री, कञ्चन गुरुङ र युवराज गुरुङको विशिष्ट अथित्यतामा सम्पन्न भएको हो।

गुरुङ सेवा समितिका विशेष सल्लाहकार विष्णु बहादुर गुरुङ र महासचिव रवि गुरुङले संचालन गरेको कार्यक्रममा साउथ एसियन युनिभर्सिटीका प्राध्यापक डा युवराज पोखरेल, नेपाल हिन्दुराष्ट्र पुनर्स्थापना मन्चका अन्तराष्ट्रिय संस्थापक अध्यक्ष डा इ विष्णु प्रसाद बराल, विष्णु शाही लगायत कयौं विशिष्ट व्यक्तिहरु अथितिका रुपमा उपस्थित रहनु भएको थियो । गुरुङ समूदायको भाषा-भेषभूषा र संस्कृतिको संरक्षण गर्न गठीत गुरुङ सेवा समितिले हरेक वर्ष समूदायका मानिसहरुलाई भेला गरि वृहत रुपमा ल्होसार मनाउने गर्दछ ।

समितिका अध्यक्ष दलबहादूर गुरुङले उपस्थित मानिसहरुलाई कार्यक्रममा स्वागत गर्दै सबैलाई तमु ल्होसारको शुभकामना व्यक्त गर्नुभयो ।समारोहमा बोल्ने अधिकांश वक्ताहरुले संस्कृतिको रक्षा गर्नका लागि घरमा आ-आफ्ना छोराछोरीलाई भाषा-भेषभूषा र रहन सहन सिकाउनु पर्नेमा जोड दिएका थिए ।

कार्यक्रममा सांस्कृतिक कार्यक्रम पनि आयोजना गरिएको थियो । आमा समूहका नृत्यकारसहित विभिन्न उमेर समूहका नृत्यकारहरुले उत्कृष्ट प्रदर्शन गरेका थिए । गुरुङ समूदायका अगुवाका अनुसार ‘ल्हो’ को अर्थ वर्ग र ‘सार’ को अर्थ फेरिनु भएकाले वर्ग फेरिने दिनलाई ‘ल्होसार’ भनिन्छ। १२ वटा पशुपन्छीको नाममा १२ वर्षको एउटा ‘ल्हो’ को वर्गचक्र हुन्छ। यही ल्होअनुसार प्रत्येक वर्ष पुस १५ का दिनमा ल्हो ‘वर्ग’ फेरिन्छ। यस वर्ग चक्रअनुसार वर्ग फेरिने दिनलाई नयाँ वर्ष मान्ने गरिन्छ।

About globalgorkhatimes.com

Check Also

भारतको उत्तर प्रदेशमा नेपालीमाथि लुटेराको आक्रमण, बसबाट हाम फालेपछि घाइते

उत्तर प्रदेश, 29 डिसेम्बर 2024 दिल्लीबाट नेपाल फर्किने क्रममा लूटेराहरुको आक्रमणबाट बच्न बसबाट हाम फालेका …

Leave a Reply

Your email address will not be published. Required fields are marked *