Breaking News

विपद् जोखिम न्युनीकरणमा दोधाराको तदारूकता, मेयर लिम्बुद्वारा एनएनएसडब्ल्यूएसँग छलफल

कञ्चनपुरः कञ्चनपुरको दोधारा चाँदनी नगरपालिकाले विपद् जोखिम न्युनीकरण तथा व्यवस्थापनका लागि निरन्तर रूपमा पहल गरिरहेको छ। दोधारा चाँदनी नगरपालिकाका मेयर किशोर कुमार लिम्बुले आगामी दिनमा आउन सक्ने संभाव्य विपद्बाट पालिकाबासीलाई जोगाउन र उनिहरूलाई उत्थानशील बनाउनका निम्ति निरन्तर रूपमा काम गरि रहनु भएको छ। यसै क्रममा मेयर लिम्बुले नेपाल राष्ट्रिय समाज कल्याण संघ (एनएनएसडब्ल्यूए) का कार्यकारी निर्देशक अशोक बिक्रम जैरू र सुदृढ परियोजनाका कार्यक्रम संयोजक राज कुमार सुनारसँग भेट गरि विपद् जोखिम न्युनीकरण, प्रतिकार्य र पूर्वसुचना प्रणालीलाई थप व्यवस्थित बनाउने विषयमा छलफल गर्नुभएको छ। साथै उत्थानशील युवा सञ्जालको क्षमता अभिवृद्धि र उनिहरूको परिचालनका विषयमा समेत छलफल गरिएको छ।

दोधारा चाँदनी नगरपालिकाका मेयर किशोर कुमार लिम्बुले दोधारा चाँदनी नगरपालिका बाढीजन्य विपद्को उच्च जोखिममा रहेको बताउनुभयो। उहाँले विपद् जोखिम न्युनीकरण, प्रतिकार्य साथै पूर्वसुचना प्रणालीलाई थप व्यवस्थित बनाउने विषयमा नेपाल राष्ट्रिय समाज कल्याण संघ (एनएनएसडब्ल्यूए) सँग छलफल भएको बताउनुभयो। उहाँले महाकाली तटिय क्षेत्रमा बसोबास गर्ने बासिन्दाको जीविकोपार्जनको लागि आगामी दिन नयाँ योजना बनाउने विषयमा समेत छलफल गरिएको जानकारी दिनुभयो। उहाँले एनएनएसडब्ल्यूएलगायतका संस्थाहरूको सहयोगले गत असारको ठूलो बाढीबाट दोधारा चाँदनीबासीलाई बचाउन सफल भएको तर्क गर्नुभयो। मेयर लिम्बुले बाढी प्रभावितहरूलाई राहत स्वरूप खाद्यान्न र नगद वितरण कार्यमा एनएनएसडब्ल्यूएले सराहनिय कार्य गरेको बताउनुभयो।

नेपाल राष्ट्रिय समाज कल्याण संघ (एनएनएसडब्ल्यूए) का कार्यकारी निर्देशक अशोक बिक्रम जैरूले दोधारामा विपद् जोखिम न्युनीकरण तथा व्यवस्थापनका लागि एनएनएसडब्ल्यूएले विगत लामो समयदेखि काम गर्दै आएको बताउनुभयो। उहाँले आगामी दिनमा समेत संस्थाले पालिकासँग सहकार्य गरेर अगाडी बढ्ने बताउनुभयो।

नेपाल राष्ट्रिय समाज कल्याण संघ (एनएनएसडब्ल्यूए) र डीसीए नेपालको साँझेदारीमा सञ्चालित सुदृढ परियोजनाका कार्यक्रम संयोजक राज कुमार सुनारले परियोजनाले विपद् व्यवस्थापनसँगै विपद्को जोखिममा रहेको समुदायको जीविकोपार्जनमा समेत काम गर्दै आएको बताउँनुभयो। उहाँले आगामी दिनमा पालिकासँगको सहकार्यमा थप कार्यक्रमहरू गरिने बताउनुभयो।

About Surendra Jairu

Check Also

उत्थानशील युवा सञ्जाल दोधारा चाँदनीको नयाँ कार्य समिति गठन

कञ्चनपुरः दोधारा चाँदनी नगरपालिका स्तरीय उत्थानशील युवा सञ्जालको नयाँ कार्य समिति गठन भएको छ। आज …

Leave a Reply

Your email address will not be published. Required fields are marked *