Breaking News

दोधारामा रोकिएन जङ्गली हात्तीको आतङ्क, फेरि भत्कायो एक घर र भान्सा

कञ्चनपुरः कञ्चनपुको दोधारा चाँदनीमा जंगली हात्तीको आतंक अझै रोकिएको छैन। दोधारा चाँदनी नगरपालिका-०३ बडुवाल टोलमा जंगली हात्तीको बथानले कालु लोहारको कच्ची घर र बिमला सुनारको कच्ची भान्सा एकै रातमा तोडफोड गरेको छ। दोधारा चाँदनी नगरपालिकाको नेपाल-भारत सिमासँग जोडिएको बडुवाल टोलमा विगत लामो समयदेखि जंगली हात्तीले किसानहरूले लगाएको अन्नबाली नष्ट र घरहरू तोडफोड गर्दै आएको छ।

हात्तीले किसानले लगाएको अन्नबाली नष्ट गर्ने साथै घर भत्काउन थालेसँगै मानविय क्षतिको त्रास बढेर गएको स्थानियबासीहरूले बताएका छन्। मध्यरातमा जंगली हात्तीको बथानले भान्सा घर भत्काईदिएसँगै भान्सा घरमा रहेको अन्नपात, भाडाकुडा सबै हात्तीले नष्ट गरेको स्थानियबासी बिमला सुनारले बताउनुभएको छ। मध्यरातमा घरसँग जोडिएको भान्सा घर तोडफोड गर्न थालेपछि आफ्नो ३ वटा नानी लिएर अध्यारोमा भागेर ज्यान जोगाएको उहाँले बताउनुभयो। एकै रातमा दर्जनौँ हात्तीको बथान आएर धान तथा मकै बाली खाएर नष्ट गर्दै आएको उहाँको भनाई रहेको छ। भारतीय जंगलसँग बस्ती भित्रिने हात्तीले बिगतका दिनहरुमा स्थानियबासीहरुको अन्नबाली र घर भत्काउँदा समेत सरोकारवाला निरिह बनेर बस्दै आएको बिमला सुनारको भनाई रहेको छ।

गएराति सोही बस्ती नजिक कालु लोहारको कच्ची घर हात्तीले पूर्णरूपमा क्षति गरेको छ। मध्यरातमा घर नजिक आएको जंगली हात्तीले काटेर थन्काईएको धान र घर पूर्णरूपमा क्षति बनाएको कालु लोहारले बताउनुभएको छ। हात्तीले घरमा रहेको लत्ताकपडा, अन्नपात, भाडाकुडा सबै नष्ट गरेको कालु लोहारले बताउनुभएको छ। हात्तीले घर भत्काउन थालेसँगै आफुहरूलाई ज्यान जोगाउन निकै सकस भएको कालु लोहारले बताउनुभएको छ। हात्तीले घर भत्काईदिनुको साथै घरमा रहेको अन्नपात, लुगाकपडा र भाडाकुडा नष्ट गरिदिएपछि छाक टार्न समस्या भएको उहाँले दुखेसो पोख्नुभयो।

About Surendra Jairu

Check Also

अन्तर्राष्ट्रिय नेपाली रक्तदाता संघको छैटौं महाधिवेशन काठमाडौंमा सम्पन्न, अध्यक्षमा रेग्मी

15 सेप्टेम्बर 2024 काठमाडौं : विश्वका बिभिन्न मुलुकमा रहेका नेपाली समुदायलाई नियमित रुपमा रक्तदान गर्न …

Leave a Reply

Your email address will not be published. Required fields are marked *