Breaking News

दोधारामा सेवाग्राहीको सहजताका लागि ‘हेल्प डेस्क’ सञ्चालनमा

कञ्चनपुरः कञ्चनपुरको दोधारा चाँदनी नगरपालिकाले गुनासो सुनुवाई, समाधान तथा सहजताको लागि ‘हेल्प डेस्क’ सञ्चालन गर्दै आएको छ। दोधारा चाँदनी नगरपालिका कार्यालयमा आउने सेवाग्राहीलाई सहजता र उनिहरूको गुनासो सुन्ने र समाधान गर्नको लागि ‘हेल्प डेस्क’ सञ्चालन गर्दै आएको दोधारा चाँदनी नगरपालिका कार्यालयका निमित्त प्रमुख प्रशासकिय अधिकृत हरिदत्त जोशीले जानकारी दिनुभएको छ।

नगरपालिका कार्यालयमा आएर सेवा लिने सेवाग्राहीका सहजताको लागि ‘हेल्प डेस्क’ सञ्चालन हुदै आएको निमित्त प्रमुख प्रशासकिय अधिकृत जोशीले बताउभयो। नगरपालिका कार्यालयमा सेवा लिन आउने सेवाग्राहीको सहजताको लागि २ वर्ष अघिदेखि नगरपालिका कार्यालयमा ‘हेल्प डेस्क’ स्थापना गरि सञ्चालनमा ल्याएको उहाँले बताउनुभयो। कुनै पनि सेवाग्राहीलाई नगरपालिकाबाट पाउने सेवामा समस्या उत्पन्न भए तत्काल सहयोग पुर्‍याउने हेतुले स्थापना गरिएको निमित्त प्रमुख प्रशासकिय अधिकृत हरिदत्त जोशीले बताउनुभयो। सेवाग्रहीको सहजताको लागी पैसा नलाग्ने गरी टोल फ्री नम्बर समेत राखिएको उहाँले बताउनुभयो।

सेवा लिन नगरपालिकामा पुगेका नागरिकहरुलाई अलमल नहोस् भन्ने हेतुले ‘हेल्प डेस्क’ स्थापना  गरिएको  र  यसबाट  नगरिकहरूलाई सहजता भईरहेको दोधारा चाँदनी नगरपालिका-३ का वडाध्यक्ष तथा नगर प्रवक्ता हरिसिंह धनाडीले जानकारी दिनुभयो। दैनिक सरदर १ सयभन्दा बढी सेवाग्राहीले ‘हेल्प डेस्क’ बाट सेवा पाईरहेको नगर उहाँले बताउनुभयो। नगरपालिकामा सेवा लिन आउदा जेष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति, लेख्न पढ्न नजान्नेहरूलाई सेवा दिन नगर प्रमुखको विशेष पहलमा ‘हेल्प डेस्क’ स्थापना गरिएको प्रवक्ता धनाडीले बताउनुभयो। नागरिकहरुलाई सहायता प्रदान गर्न, सूचना प्रवाह गर्न र गुनासो सुनुवाई गर्न ‘हेल्प डेस्क’ स्थापना गरिएको उहाँको भनाई छ।

नगरपालिकाले प्रदान गर्दै आएको सेवालाई व्यवस्थित, विश्वसनिय र प्रभावकारी बनाउन तथा नागरिकको सहज पहुँच स्थापित गर्नका लागि ‘हेल्प डेस्क’ सञ्चालन गरिएको हो। नगरपालिका कार्यालयले सूचना प्रविधिको प्रयोग गरि गुणस्तरीय सेवाको सुनिश्चितता प्रदान गर्दै आईरहेको जनाएको छ।

About Surendra Jairu

Check Also

17 वर्षीय बालिकाको बलात्कार एंव हत्या प्रकरणका अभियुक्तहरु सार्वजनिक

सिरहा, 7 मार्च 2025 सिरहाको नवराजपुर गाउँपालिका–१ भगवतिपुरकी १७ वर्षीया रिंकुकुमारी सदाको सामूहिक बलात्कार तथा …

Leave a Reply

Your email address will not be published. Required fields are marked *