Breaking News

अखिल भारत नेपाली एकता मंचद्वारा बाढीपहिरोको घटनाप्रति दुख प्रकट

नयाँ दिल्ली, 2 अक्टोबर 2024

अखिल भारत नेपाली एकता मंच केन्द्रिय समिती भारतले नेपालमा हालै वर्षा अनि बाढी पहिरो जन्य घटनाले भएको धनजनको क्षतिप्रति गहिरो दु:ख व्यक्त गरेको छ। घटनामा ज्यान गुमाउनेहरुप्रति श्रद्धाञ्जली अर्पण गर्दै एंव शोकाकुल परिवारजनप्रति समवेदना प्रकट गरेको छ। यस दुखको घडिमा एकता मंचले सिंगो देश र जनताप्रति ऐक्यबद्धता प्रकट गरेको छ।

केन्द्रिय अध्यक्ष राजेन्द्र शर्माद्वारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ “२०२४ सेप्टेम्बर २६ देखि २८ तारीख तीन दिनसम्म मुलुकका धेरैजसो स्थानमा परेको अविरल वर्षाका कारण बाढी, पहिरो र डुबानका घटनाहरुबाट गृहमन्त्रालयको तथ्यांक अनुसार ३० सेप्टेम्बरसम्म २०९ जनाको मृत्यु, २९ जना बेपत्ता र १४२ जना घाइते भएका छन् । हजारौंको संख्यामा नागरिकहरु बेघरवार भएका छन् । जनधनको यो क्षति आउने दिनहरुमा अझै बढ्ने सम्भावना छ । अखिल भारत नेपाली एकता मञ्च मृतकहरुप्रति श्रद्धाञ्जली व्यक्त गर्दै सम्पूर्ण शोकाकुल परिवारजनप्रति गहिरो समवेदना प्रकट गर्नुका साथैu घाइतेहरुको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछ । यस प्राकृतिक विपत्तिका कारण भौतिक पूर्वाधार र नागरिकहरुको सम्पत्तिको व्यापक विनाश भएको छ । यस राष्ट्रिय विपत्ति र शोकको घडीमा हाम्रो संगठन सिंगो देश र जनताप्रति ऐक्यबद्धता प्रकट गर्दछ ।
राष्ट्रिय संकटको यो घडीमा मुलुकका प्रधानमन्त्री विदेश भ्रमणमा रमाउनु र अर्कोतिर उद्धारको काममा सरकारको लापरवाही देखिनु अत्यन्त खेदजनक छ । सबै साधनस्रोत केन्द्रित भएको राजधानी काठमाडौंमा समेत बाढीपीडितहरुको तत्काल उद्धार हुन नसक्दा कैयौंले ज्यान गुमाउनु पर्ने अवस्था उत्पन्न हुनु सरकारको चरम लापरवाही र उदासीनता हो । सरकारको यो रवैयाप्रति हाम्रो संगठन खेद प्रकट गर्दछ ।
हामी बाढी पीडितहरुको तत्काल उद्धार राहत र पुनर्स्थापनाको कामलाई युद्धस्तरमा अगाडि बढाउन सरकारसंग जोडदार माग गर्दछौं । साथै क्षतिग्रस्त सडक, पुलजस्ता भौतिक संरचनाहरुको तत्काल मरम्मत गरी यातायात सुचारु गर्न, बेघरवार परिवारहरुलाई तत्काल अस्थायी आवासको व्यवस्था गर्न र यसरी विस्थापित भएका प्रत्येक परिवारलाई अविलम्ब सरकारका तर्फ १० लाख रुपैया आर्थिक सहयोगको प्याकेज प्रदान गर्न सरकारसंग माग गर्दछौं ।

About globalgorkhatimes.com

Check Also

एनएनएसडब्ल्यूएद्वारा बाढीबाट प्रभावित गर्भवती, सुत्केरी र अपाङ्गता भएका व्यक्तिलाई सामग्री हस्तान्तरण

कञ्चनपुरः कञ्चनपुरको दोधारा चाँदनी नगरपालिकामा बाढीबाट प्रभावित गर्भवती तथा सुत्केरी महिला साथै आपाङ्गता भएका व्यक्तिहरूलाई …

Leave a Reply

Your email address will not be published. Required fields are marked *