Breaking News

काेशीकाे मुख्यमन्त्रीमा एमालेका हिक्मत कार्की नियुक्त

काठमाण्डाैँः नेकपा (एमाले) संसदीय दलका नेता हिक्मत कार्की कोशी प्रदेशकाे मुख्यमन्त्रीमा नियुक्त भएका छन्। सर्वोच्च अदालतको  परमादेश अनुसार कोशी प्रदेश प्रमुख पर्शुराम खापुङले आज कार्कीलाई मुख्यमन्त्री नियुक्त गरेका हुन्। संविधानको धारा १६८ को उपधारा ३ बमोजिम कार्की प्रदेशसभामा सबैभन्दा ठूलो दलको नेताका हैसियतमा मुख्यमन्त्री बनेका हुन्।

यसअघि गठबन्धनका तर्फबाट मुख्यमन्त्री बनेका उद्धव थापाले प्राप्त गरेको विश्वासको मत सर्वोच्चले अदालतले बदर गरेको थियो। संविधानको धारा १६८ को उपधारा २ बमोजम संयुक्त सरकारका मुख्यमन्त्री थापाले विश्वासको मत प्राप्त गर्न नसकेको ठहर भएपछि उपधारा ३ बमोजिम कार्की मुख्यमन्त्री बनेका हुन्।

मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आजै प्रदेश प्रमुख पर्शुराम खापुङबाट पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन्। कार्कीले एमालेका तिलकुमार मेन्याङ्वोलाई ऊर्जा, पाँचकर्ण राईलाई वन, एकराज कार्कीलाई भौतिक पूर्वाधार मन्त्री र सृजना राईलाई सामाजिक विकास राज्यमन्त्रीमा नियुक्त गरेका छन्। मन्त्री र राज्यमन्त्रीले पनि आजै शपथ लिएका छन्।

मुख्यमन्त्री कार्कीले नियुक्त भएको ३० दिनभित्र विश्वासकाे मत लिनुपर्छ। हिजो सर्वोच्च अदालतले उद्धव थापा नेतृत्वको सरकारलाई अवैधानिक ठहर गर्दै ४८ घण्टाभित्र कार्कीलाई मुख्यमन्त्री नियुक्त गर्न परमादेश दिएको थियो। कार्की दोस्रो पटक मुख्यमन्त्री नियुक्त भएका हुन्। कोशी प्रदेशमा प्रदेशसभा चुनाव भएको नौ महिनामा चार पटक मुख्यमन्त्री नियुक्त भएका छन्।

About Surendra Jairu

Check Also

दोधारा चाँदनीमा आयुर्वेदिक उपचारमा बढ्यो आकर्षण

कञ्चनपुरः कञ्चनपुरको दोधारा चाँदनी नगरपालिकाका स्थानीयहरू आयुर्वेदिक उपचार पद्धती तर्फ आकर्षित भएका छन्। गत ४ …

Leave a Reply

Your email address will not be published. Required fields are marked *