Breaking News

फरिदाबादमा प्रवासी नेपाली संघ भारतको भव्य तीज कार्यक्रम, वर्षाको बावजुद सयौंको भीड

10, सेप्टेम्बर 2024, फरिदाबाद

भारत प्रवासमा रहेका विभिन्न संगठनले हरितालिका तीज पर्व भव्य रुपमा मनाएका बेला प्रवासी नेपाली संघ भारत फरिदाबाद नगर महिला बिभागले आयोजना गरेको हरितालिका तिजको कार्यक्रम निर्मला ज्ञवालीको अध्यक्षता र प्रमुख अतिथि संंघका उपाध्यक्ष सिता अधिकारीको उपस्थितिमा सम्पन्न भएको छ।

अमृता स्वर्जा मगरको संचालन गरेको कार्यक्रममा समिति सदस्य लक्ष्मी शर्मा, हरियाणा राजस्थान संयुक्त राज्य समिति अध्यक्ष चन्द्र गुरुङ, चिन्तमणि न्यापाने लगायतको आतिथ्यता रहेको थियो ।

फरिदावादमा औद्योगिक क्षेत्र भएकाले त्यहा नेपालीहरुको बाक्लो बसोबास रहेको छ । यहाँ एकता मंच, एकता समाज र अन्य जनवर्गीय संगठनहरु पनि छन । कयौं संगठनले तीजका कार्यक्रम आयोजना गरेका थिए । तर सबै भन्दा जेठो समाजिक संगठन प्रवासी नेपाली संघ भारतको निति कार्यक्रमहरुलाई मन पराउनेहरु सयौं नेपालीहरु भने प्रवासी नेपाली संघ भारतले आयोजना गरेको तीज कार्यक्रममा पुगेका थिए। हरितालिका तिजको कार्यक्रम फरिदावाद क्षेत्रमा ५ वटा ठांउमा आयोजना भएको भन्ने बताइएको छ । सेक्टर 22 मा खुल्ला मैदानमा राखिएको तीज कार्यक्रम वर्षाका कारण केही बेर प्रभावित भएपनि उपस्थित महिला दिदी बहिनीहरुले भने कार्यक्रमलाई अन्त्यसम्म साथ दिएर तीज कार्यक्रम भव्य अनि सभ्य रुपमा सम्पन्न गरेका थिए।

About globalgorkhatimes.com

Check Also

भारतमा हिंग र शिलाजित बेच्न गएका एक नेपालीमाथि छुरा प्रहार गरि लूटपाट

उत्तरप्रदेश, 6 जनवरी 2025 उत्तर प्रदेश राज्यको महाराजगंजमा हिंग र शिलाजित बेच्न गएका एक नेपालीमाथि …

Leave a Reply

Your email address will not be published. Required fields are marked *