Breaking News

अमेरिकी राष्ट्रपति जो बाईडेनसित प्रधानमन्त्री मोदीको भेटवार्ता, जी–२० शिखर सम्मेलनका लागि विदेशी पाहुनाको आगमन जारी

नयाँ दिल्ली, 8 सेप्टेम्बर 2023

दिल्लीमा हुने जी–२० शिखर सम्मेलनका लागि विदेशी पाहुनाको आगमन जारी छ । शुक्रबार अमेरिकी राष्ट्रपति जो बाइडेन पनि दिल्ली पुगेका छन् । केन्द्रीय मन्त्री जनरल वीके सिंहले अमेरिकी राष्ट्रपतिलाई विमानस्थलमा स्वागत गरे।

जो बाइडेनले दिल्ली पुगेपछि प्रधानमन्त्री मोदीसँग द्विपक्षीय भेट गरेका छन। बैठक करिब ५० मिनेटसम्म चलेको थियो । पीएमओले ट्वीटरमा यस भेटको बारेमा पोस्ट गर्दै अमेरिकी राष्ट्रपति जो बाइडेन र प्रधानमन्त्री मोदीको भेट भएको बताएको छ। उनीहरुबीचको छलफलमा विभिन्न विषयलाई समेटिएको र यसले भारत र अमेरिकाबीचको सम्बन्धलाई थप गहिरो बनाउने बताइएको छ ।

अमेरिकी राष्ट्रपतिसँगको भेटपछि प्रधानमन्त्री मोदीले ट्वीटरमा लेखेका छन्, “अमेरिकी राष्ट्रपति जो बाइडेनलाई स्वागत गर्न पाउँदा खुसी लाग्यो। हाम्रो भेट निकै फलदायी रह्यो। हामीले भारत र अमेरिका बीचको आर्थिक र जन-जनबीचको सम्बन्धलाई अगाडि बढाउने जस्ता महत्वपूर्ण धेरै विषयमा छलफल गर्न सक्षम भयौं। हाम्रा देशहरूबीचको मित्रताले विश्वव्यापी हितलाई अगाडि बढाउन ठूलो भूमिका खेल्नेछ।”

अमेरिकी राष्ट्रिय सुरक्षा सल्लाहकार जेक सुलिभानले बैठक अघि भनेका थिए कि यस बैठकमा दुई नेताले जुनमा प्रधानमन्त्री मोदीको अमेरिका भ्रमणका क्रममा भएका निर्णयहरूको प्रगति समीक्षा गर्न सक्नेछन्। जसमा GE जेट इन्जिन सम्झौता, प्रिडेटर ड्रोनको खरिद समावेश छ।

About globalgorkhatimes.com

Check Also

दोधारा चाँदनीमा आयुर्वेदिक उपचारमा बढ्यो आकर्षण

कञ्चनपुरः कञ्चनपुरको दोधारा चाँदनी नगरपालिकाका स्थानीयहरू आयुर्वेदिक उपचार पद्धती तर्फ आकर्षित भएका छन्। गत ४ …

Leave a Reply

Your email address will not be published. Required fields are marked *