सुदूरपश्चिम प्रदेशका गेज रिडर तथा मौसम अवलोकनकर्तालाई पूर्वसूचना क्षमता अभिवृद्धि तालिम

कैलालीः सुदूरपश्चिम प्रदेशका गेज रिडर तथा मौसम अवलोकनकर्तालाई पूर्वसूचना क्षमता अभिवृद्धि तालिम प्रदान गरिएको छ। विश्व जल दिवसको अवसर पारेर जल तथा मौसम विज्ञान विभाग, महाकाली बेसिन फिल्ड कार्यालय अत्तरिया कैलालीको आयोजना तथा मर्सिकोर नेपाल, एमरेड, अक्सफाम, यूनिसेफ, नेपाल राष्ट्रिय समाज कल्याण संघ (एनएनएसडब्ल्यूए), डीसीए, क्लाईमेट रेजिलेन्स अलाईन्स, स्वीस रि फाउण्डेशन,  पेसवान, प्रेक्टिकल एक्शन, बी ग्रूप तथा निड्स नेपालको साँझेदारीमा सुदूरपश्चिम प्रदेशका गेज रिडरहरू तथा मौसम अवलोकनकर्ताहरूलाई पूर्वसूचना क्षमता अभिवृद्धिसमबन्धी तालिम प्रदान गरिएको हो।

जल तथा मौसम विज्ञान विभाग, महाकाली बेसिन फिल्ड कार्यालय अत्तरिया कैलालीका प्रमुख, ईन्जिनियर, सञ्जय साहले विश्व जल दिवसको अवसर पारेर सुदूरपश्चिम प्रदेशका सम्पूर्ण गेज रिडर तथा मौसम अवलोकनकर्ताका लागि पूर्वसूचना क्षमता अभिवृद्धि तालिम सञ्चालन गरिएको बताउनुभयो। यस तालिमबाट पुराना गेज रिडर तथा मौसम अवलोकनकर्ताहरूको क्षमता वृद्धि तथा नयाँ गेज रिडर तथा मौसम अवलोकनकर्ताहरूलाई सिकाई हुने बताउँदै उहाँले यसले आगामी दिनमा तथ्याङ्क संकलनमा समेत सुधार ल्याउने विश्वास व्यक्त गर्नुभयो। ईन्जिनियर साहले यसले मौसम सम्बन्धी पूर्वसूचना प्रणालीलाई थप व्यवस्थित र प्रभावकारी बनाउनमा मद्दत पुऱ्याउने साथै विपद् व्यवस्थापन कार्यमा समेत सहजता ल्याउने तर्क गर्नुभयो।

कार्यक्रममा जल तथा मौसम विज्ञान कार्यालय कोहलपुरका प्रमुख, सिनियर डिभिजनल हाईड्रोलोजिस्ट, राम प्रसाद अवस्थीले पूर्वसूचनाका लागि गेज रिडर तथा मौसम अवलोकनकर्ताहरूको योगदान महत्त्वपूर्ण हुने बताउनुभयो। उहाँले गेज रिडर तथा मौसम अवलोकनकर्ताहरूले समयमा सहि सूचना पठाउँदा मात्र जल तथा मौसम विज्ञान विभागले पठाउने पूर्वसूचनाको गुणस्तर तथा विश्वसनीयता बढ्ने तर्क गर्नुभयो।

कार्यक्रममा मर्सिकोर नेपाल, एमरेड कार्यक्रमका परियोजना व्यवस्थापक सुशान्त शर्माले गेज रिडर तथा मौसम अवलोकनकर्ताहरू जल तथा मौसम विज्ञान विभागको लागि प्रथम बिन्दु भएको बताउनुभयो।

कार्यक्रममा उपस्थित सहभागीहरूले तालिममा सहभागी भएपश्चात् गेज रिडिङ्ग तथा मौसम अवलोकन कार्यमा थप ज्ञान र सीप प्राप्त गर्ने अवसर प्राप्त भएको बताएका छन्।

कैलालीको अत्तरियामा विशेष कार्यक्रम सुरु भएको छ। शुक्रबार पहिलो हिमनदी दिवसको अवसरमा कोहलपुर कार्यालयको संयोजकत्वमा अन्तर्क्रिया कार्यक्रम गरिएको थियो भने, आज जल दिवसको अवसरमा पूर्वसूचना क्षमता अभिवृद्धि तालिम सञ्चालन गरिएको छ। त्यस्तै भोली विश्व मौसम दिवसको अवसरमा विशेष कार्यक्रम आयोजना गरिने छ।

About Surendra Jairu

Check Also

उत्थानशील युवा सञ्जालद्वारा जङ्गली जनावरको आतङ्कबाट सुरक्षित रहन सर्चलाईट वितरण

कञ्चनपुरः भीमदत्त नगरपालिका स्तरीय उत्थानशील युवा सञ्जालले मानव जङ्गली जनावर बिचको द्वन्द्वबाट हुने जोखिम न्यूनिकरण …

Leave a Reply

Your email address will not be published. Required fields are marked *