Breaking News

जीटीएमा तराई-डुवर्सका 398′ मौजालाई अन्तर्भुक्त गर्दा गोर्खा हित सुरक्षित हुन्छ, भीडियो

सिलिगुडी, 2 जनवरी 2024

गोर्खाल्याण्ड प्रशासन क्षेत्रमा तराई अनि डुवर्सका 398′ मौजालाई अन्तर्भुक्त गर्नुपर्ने माग गर्दै गठन भएको गोर्खा तराई डुवर्स संयुक्त समितिले आफ्नो गतिविधि बढाउदै लगेको छ । 2023 को अन्तिम दिन 31 दिसम्बरमा बिरपाडा नेपाली हाइ स्कूल नजिकको क्लब जोती संघमा गोर्खा तराई डुवर्स संयुक्त समितिले एक महत्वपूर्ण सभा गरि संयुक्त समितिको उद्धेश्यबारे प्रकाश पारेको छ।

गोर्खा तराई डुवर्स संयुक्त समितिका अध्यक्ष बिशाल क्षेत्री, उपाध्यक्ष मधुकर थापा, सह – सचिव सुमन लामा,कोषाध्यक्ष कल्याण शर्मा, सह – कोषाध्यक्ष रोशन ठटाल, सल्लाहकार अधिवक्ता – विकास लोहनी, अधिवक्ता – रंजन शर्मा, अधिवक्ता – पारसमणि क्षेत्री अनि  बिरपाडा पञ्चायत सदस्य सुमित राई साथै गाउँ समाजका बासिन्दाहरुको सभामा उपस्थिति रहेको थियो।

सभामा कयौं वक्ताहरुले सम्बोधन गर्दै गोर्खाल्याण्ड प्रशासन क्षेत्रमा  तराई अनि डुवर्स का 398′ मौजालाई अन्तर्भुक्त गर्नु किन जरुरी छ भन्ने विषयमा प्रकाश पारेको अध्यक्ष विशाल छेत्रीले बताउनुभयो । उहाँले मुख्यगरि 4 वटा बुँदाबार प्रकाश पार्दै तराई अनि डुवर्स का 398′ मौजालाई अन्तर्भुक्त गर्नु भनेको गोर्खाल्याण्डको माटोलाई सुरक्षा गर्दै तराई डुवर्सको भावी सन्तानहरूको सुरक्षा गर्नु भएको बताउनुभयो। त्यसैगरि गोर्खाल्याण्ड आन्दोलन समय कालमा तराई डुवर्सका जनताहरूको जानमालको क्षति पूर्ति पश्चिम बंगाल सरकारले गरिदिनु पर्ने, गोर्खाल्याण्ड आन्दोलन कालमा तराई डुवर्स का आन्दोलन कारीहरुलाई जतिपनि केसहरु लागेको छ,ती सबै केसहरु पश्चिम बंगाल सरकारले खारिज गरिदिनु पर्ने, गोर्खाल्याण्ड आन्दोलन कालमा डुवर्स का सहिद परिवारका एक एक जनालाई पश्चिम बंगाल सरकारले एउटा नोकरी को व्यवस्था गरिदिनु पर्ने उद्धेश्य रहेको बताउनुभयो ।

भीडियो समाचार

https://youtu.be/lNb_8XmpHl4

About globalgorkhatimes.com

Check Also

दोधारा चाँदनीमा आयुर्वेदिक उपचारमा बढ्यो आकर्षण

कञ्चनपुरः कञ्चनपुरको दोधारा चाँदनी नगरपालिकाका स्थानीयहरू आयुर्वेदिक उपचार पद्धती तर्फ आकर्षित भएका छन्। गत ४ …

Leave a Reply

Your email address will not be published. Required fields are marked *