Breaking News

भारतबाट सामान ल्याउँदा नेपाल सरकारले ल्याएको नयाँ भन्सार नियमको भारतीय व्यापारीहरुद्वारा विरोध

सिलिगुडी, 4 अगस्त 2023

भारत-नेपालको सम्बन्ध जस्तै दुवै देशको जनजीविका पनि एकअर्काप्रति अन्तरसम्बन्धित छन । त्यसैले त भारत सरकार होस वा नेपाल सरकारले लिएका नीतिका कारण दुवै देशका नागरिकलाई प्रत्यक्ष र अप्रत्यक्ष रुपमा असर गरेकै हुन्छ ।  भारतीय बजारबाट किनेको 100 रुपैयाँ भन्दा धेरैको सामान नेपाल लग्दा भन्सार लगाउने नेपाल सरकारको निर्णयले सीमावर्ती क्षेत्रका गरिब नेपाली नागरिक जस्तै भारतीय व्यापारीहरु मर्कामा परेका छन । सिलिगुडी नजिक भारत नेपाल सीमा पानीटँकीका सयौं व्यपारीहरुले नेपाल प्रवेशद्वार मेची पुल नजिकै वृहत प्रदर्शन गर्दै 100 रुपियाँ भन्दा धेरैको सामानमा भन्सार लगाउने नेपाल सरकारको निर्णय फिर्ता लिनुपर्ने माग गरेका छन ।

भारतीय बजारबाट खरिद गरिएको 100 रुपैयाँ भन्दा धेरैको सामानमा भन्सार लिने नेपाल सरकारको निर्णयपछि  नेपालका गरिब जनताहरुले मार सहिरहेको भन्दै उनिहरुले विरोध गरेका बेला सोही निर्णयले सीमावर्ती भारतीय बजारका व्यापारीहरु पनि समस्यामा परेका छन । नेपाल सरकारले हालै भारतीय बजारबाट लगिने १०० रुपैयाँभन्दा बढीको सामानमा भन्सार लगाउने निर्णय लागू गरेपछि सो निर्णय फिर्ता लिन माग गर्दै पानीट्याङ्कीका भारतीय व्यापारीहरुले शुक्रबार बिहान भारत–नेपाल सीमा नजिक एसियन राजमार्ग २ अवरुद्ध गरेका छन् ।

पानीटँकीका सयौं व्यवसायीले नेपाल प्रवेशद्वार मेची पुल नजिकै प्रदर्शन गर्दै सम्बन्धित भारतीय मन्त्रीलाई समस्या समाधानका लागि नेपाल सरकारसमक्ष पहल गर्न माग गरेका छन ।

https://fb.watch/mcXAroOzg-/?mibextid=Nif5oz

प्रदर्शनकारीले नेपाल सरकारले एक सय रुपैयाँभन्दा बढीको भारतीय सामानमा भन्सार लगाएपछि गहिरो आर्थिक संकटमा परेका व्यवसायीहरुको कुरा सुनेर समस्याको समाधान गरिदिन भारतका गृह राज्यमन्त्री निशित प्रामाणिकलाई आग्रह समेत गरेका छन् ।

कोभिड–१९ को महामारीका बेला पानीटँकी र भारतका सीमावर्ती बजारका व्यवसायीहरुले निकै कष्ट भोग्नुपरेको बताँउदै अहिले नेपाल सरकारको सो निर्णयले पनि भारतीय व्यापारीहरुको अवस्था उस्तै बन्दै गएको उनीहरुले बताएका छन् । कोभिड–१९ को महामारीका कारण भारत नेपाल सीमा बन्द गरिएका बेला पनि नेपाली उपभोक्ताहरु भारत आएर किनमेल गर्न नसक्दा भारतीय व्यापारीहरु मर्कामा परेका थिए ।

About globalgorkhatimes.com

Check Also

दोधारा चाँदनीमा आयुर्वेदिक उपचारमा बढ्यो आकर्षण

कञ्चनपुरः कञ्चनपुरको दोधारा चाँदनी नगरपालिकाका स्थानीयहरू आयुर्वेदिक उपचार पद्धती तर्फ आकर्षित भएका छन्। गत ४ …

Leave a Reply

Your email address will not be published. Required fields are marked *