Breaking News

इजरायलमा हमासको आक्रमणमा १० नेपालीको मृत्यु

काठमाण्डौ, 8 Oct 2023

इजरायलमा हमास समुहले गरेको आक्रमणमा परी १० जना नेपालीहरूको मृत्यु भएको छ । इजरायल र गाजाको सीमा क्षेत्रको कृषि फर्ममा काम गर्ने नेपालीहरूको मृत्यु भएको परराष्ट्र स्रोतले बताएको छ । यद्यपी औपचारिक रुपमा परराष्ट्रले अझै जानकारी दिएको छैन ।

मृत्यु हुनेको विवरण संकलन गर्ने काम भइरहेको र यस आक्रमणमा सुदूरपश्चिम विश्वविद्यालयबाट प्रयोगात्मक अध्ययनका लागि गएका विद्यार्थीहरू परेका आशंका गरिएको छ । आक्रमणमा घाइते भएका नेपालीहरूको विभिन्न अस्पतालमा उपचार भइरहेको छ । आइतबारको संसद बैठकमा बोल्दै परराष्ट्र मन्त्री एनपी साउदले  इजरायलमा केही नेपाली सम्पर्कविहीन भएको बताएका थिए । परराष्ट्रमन्त्री एनपी साउदका अनुसार इजरायलमा हाल ४५०० नेपाली केयरगिभरका रूपमा कार्यरत छन् भने इजरायल सरकारको ‘लर्न एन्ड अर्न’ कार्यक्रमअन्तर्गत २६५ नेपाली विद्यार्थी अध्ययनरत छन् ।

अध्ययनका निम्ति गएका मध्ये नेपालको कृषि विश्वविद्यालयबाट ११९, त्रिभुवन विश्वविद्यालयबाट ९७ र सुदूरपश्चिम विश्वविद्यालयबाट ४९ जना छन् । सुदुरपश्चिम विश्वविद्यालयबाट गएका ४९ मध्ये १७ नेपाली दक्षिण इजरायलको किवुज अलुमिम भन्ने स्थानमा अध्ययनरत थिए ।

About globalgorkhatimes.com

Check Also

कुतियाकवर बस्तीको जग्गा कटानी, कहिले बन्ला पक्की तटबन्ध?

कञ्चनपुरः कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका वडा नम्बर-१० स्थित नेपाल–भारत सीमासँग जोडिएको कुतियाकवर ४४ घरपरिवारको बसाई …

Leave a Reply

Your email address will not be published. Required fields are marked *