Breaking News

जन्तरमन्तरमा शुरु भयो 3 दिने गोर्खाल्याण्डको धर्ना प्रदर्शन, गोर्खा जनमुक्ति नारी मोर्चाको नेतृत्वमा हुँदै धर्ना

नयाँ दिल्ली, 4 अगस्त 2023

राजधानी दिल्लीस्थित जन्तरमन्तरमा गोर्खा जनमुक्ति नारी मोर्चाले गोर्खाल्याण्डको मागमा धर्ना प्रदर्शन शुरु गरेको छ । 3 दिनसम्म चल्ने धर्ना प्रदर्शनमा गोर्खा जनमुक्ति मोर्चाका अध्यक्ष बिमल गुरुङ, महासचिव रोशन गिरी सहित देहरादून, उत्तरप्रदेश लगायत भारतका विभिन्न क्षेत्रका समर्थकहरुको उपस्थिति रहेको छ । जन्तर मन्तरमा बिमल गुरुङकी धर्मपत्नी एवं नारी मोर्चाकी प्रमुख आशा गुरुङले जन्तर मन्तरमा जारी धर्ना प्रदर्शनको नेतृत्व गरिरहेकी छन ।

यसअघि दिल्ली प्रस्थान गर्नुअघि विमल गुरुङले दिल्लीमा संसदको मनसुन सत्रका बेला धर्ना कार्यक्रम गर्ने पूर्व निर्धारित कार्यक्रम अनुसार दिल्ली जान लागेको बताएका थिए । धर्ना मार्फत भाजपालाई म्यासेज दिँदै भाजपाले यतिका वर्षसम्म गोर्खाल्याण्ड मुद्धामा के गऱ्यो भन्ने प्रश्न सोध्ने बताएका थिए ।

 

About globalgorkhatimes.com

Check Also

दोधारा चाँदनीमा आयुर्वेदिक उपचारमा बढ्यो आकर्षण

कञ्चनपुरः कञ्चनपुरको दोधारा चाँदनी नगरपालिकाका स्थानीयहरू आयुर्वेदिक उपचार पद्धती तर्फ आकर्षित भएका छन्। गत ४ …

Leave a Reply

Your email address will not be published. Required fields are marked *