Breaking News

कञ्चनपुरमा ‘सातौँ आदर्श क्रिकेट कप-२०८१’ टी-२० क्रिकेट प्रतियोगिता हुने

कञ्चनपुरः कञ्चनपुरमा ‘सातौँ आदर्श क्रिकेट कप-२०८१’ टी-२० क्रिकेट प्रतियोगिता हुने भएको छ। जिल्लाको बेदकोट नगरपालिका वडा नम्बर–१ मा असोज २० गतेदेखि प्रतियोगिता हुन् लागेको हो। दशैँ तथा तिहारको अवसरमा आदर्श युवा समाज हात्तिथलाको आयोजनामा प्रतियोगिता हुनेछ।

आदर्श युवा समाजका अध्यक्ष ज्ञानेश्वर प्रसाद जोशीले खेलाडीहरूको खेल प्रतिभालाई प्रस्फुटन गर्ने उद्देश्यले प्रतियोगिताको आयोजना गरिएको बताउनुभयो। उहाँले प्रतियोगितामा कञ्चनपुर जिल्लाभरीका सबै पालिकाअन्तर्गत रहेका वडाले आफ्नो वडामा स्थायी बसोबास भएका खेलाडीहरू मात्र सहभागी गराउन पाउने बताउनुभयो। उहाँले असोज ६ गतेदेखि टीम दर्ता सुरू भइसकेको बताउँदै असोज १५ गतेसम्म टीम दर्ता गराई सक्नुपर्ने जानकारी दिनुभयो। टीम दर्ता शुल्क रू २० हजार राखिएको छ। अध्यक्ष जोशीले असोज १८ गते खेल तालिका सार्वजनिक गरिने बताउनुभयो।

लिगकम नकआउटका आधारमा खेलिने प्रतियोगिताको विजेता टीमले नगद रू १ लाख १ सय साथै ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त गर्नेछ भने, उपविजेता टीमले नगद रू ५० हजार ५० साथै ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त गर्नेछ।

About Surendra Jairu

Check Also

एनएनएसडब्ल्यूएद्वारा बाढीबाट प्रभावित गर्भवती, सुत्केरी र अपाङ्गता भएका व्यक्तिलाई सामग्री हस्तान्तरण

कञ्चनपुरः कञ्चनपुरको दोधारा चाँदनी नगरपालिकामा बाढीबाट प्रभावित गर्भवती तथा सुत्केरी महिला साथै आपाङ्गता भएका व्यक्तिहरूलाई …

Leave a Reply

Your email address will not be published. Required fields are marked *