कुलमान घिसिङलाई पदबाट हटाएकोमा एकता मञ्च असन्तुष्ट, भन्यो निर्णयले चिन्तित छौं

नयाँ दिल्ली, 25 मार्च 2025

नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई सरकारले पदमुक्त गरेकोमा नेकपा माओवादी केन्द्रको भारतस्थित जनवर्गीय संगठन अखिल भारत नेपाली एकता मंचले विरोध गरेको गरेको छ । मंगलबार एक प्रेस विज्ञप्ति जारी गर्दै एकता मंचले नेपालमा रहेको चरम लोडसेडिङको अन्त्य गर्दै देशलाई उज्यालो बनाउन अहम भूमिका खेलेका विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई बर्खास्त गरिएको भन्ने खबरले संगठन चिन्तित भएको बताएको छ।


विज्ञप्तिमा अगाडी भनिएको छ “देशमा ऊर्जा संकट चरम सीमामा पुगेको बेला तत्कालीन प्रचण्ड सरकारले उहाँलाई विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्त गरेको थियो। कुलमान घिसिङको विशेषज्ञता, समर्पण र नेतृत्व क्षमताबाट नै नेपालले लोडसेडिङको अन्त्य गरी उज्यालो नेपालको परिकल्पना सफलतामा बदलेको यथार्थ सारा नेपाली जनताले बुझेका छन्।तर, पछिल्लो समय बक्यौता असुली लगायतका विषयमा सरकारले पटक–पटक स्पष्टीकरण माग्दै गरिएको दुर्व्यवहार र अहिले आएको बर्खास्तगीको निर्णय आपत्तिजनक र निन्दनीय छ। दुई तिहाई बहुमतको घमण्डमा गरिएको यो निर्णय कुनै पनि हिसाबले उचित ठहरिँदैन।अखिल भारत नेपाली एकता मंच सरकारलाई यो निर्णय पुनर्विचार गर्न जोडदार आग्रह गर्दछ। देशको समग्र विकास र प्रगतिको बाटोमा अगाडि बढाउन इमानदार र क्षमतावान नेतृत्वको संरक्षण गर्नु सरकारको दायित्व हो। त्यसैले हामी सम्पूर्ण प्रवासी नेपाली समुदाय सरकारलाई सचेत गराउँदै घोर आपत्ति प्रकट गर्दछौँ। आवश्यक परे यसविरुद्ध कडा प्रतिरोध गर्न हामी तत्पर छौँ।अन्तमा, निष्पक्षता, सुशासन र जनउत्तरदायी शासन व्यवस्थाका लागि अखिल भारत नेपाली एकता मंच सरकारलाई जनभावनाको कदर गर्न पुनः आग्रह गर्दछ।”

About globalgorkhatimes.com

Check Also

दिल्लीमा गुरुङ समूदायले मनाए तमु ल्होसार

नयाँ दिल्ली, 06, जनवरी 2025 गुरुङ समुदायको नयाँ वर्ष अर्थात तमु ल्होसार गत पुष 15 …

Leave a Reply

Your email address will not be published. Required fields are marked *