10 नोभेम्बर 2024 आइतबार
पूर्वी र दक्षिणी लेबनानमा इजरायली हवाई आक्रमणमा १२ जनाको मृत्यु भएको छ । लेबनानी स्रोतकाअनुसार आक्रमणमा अन्य १० जना घाइते भएका छन् । इजरायली युद्धक विमानहरूले दक्षिणी लेबनानमा १५ र पूर्वमा चार थप आक्रमणहरू गरेका छन् । जहेर इब्राहिम अताया नामक प्यारामेडिक दक्षिणी लेबनानको पश्चिममा इस्लामिक स्वास्थ्य प्राधिकरणको नव–स्थापित केन्द्रलाई लक्षित गरी इजरायली हवाई आक्रमण पछि मारिएको थियो । पूर्वी लेबनानमा बालबेकमा एक लेबनानी नागरिक सुरक्षा अधिकारीले इजरायली सेनाले तीनवटा गाउँ र शहरहरूमा गोली हानेको छ । एक महिलाको मृत्यु भएको छ भने अन्य पाँच जना घाइते भएका छन् ।