मधेस मुख्यमन्त्री कार्यालयअगाडि शहीद परिवारको आन्दोलन

जनकपुर, 22 नोभेम्बर, 2024

जनकपुरधामस्थित मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय अगाडि मधेस आन्दोलनका शहीद परिवारका सदस्यहरुले प्रदर्शन गरेका छन् । प्रदेश सरकारको पहिलो मन्त्रिपरिषद्को बैठकले शहीद परिवारका एक÷एक जनालाई रोजगार दिने निर्णय गरेपनि हालसम्म कार्यान्वयन नभएको भन्दै शहीद परिवारका सदस्यहरु आन्दोलित भएका हुन् । मुख्यमन्त्री कार्यालय अगाडि गरिएको प्रदर्शनमा प्रदेशका आठै जिल्लाका शहीद परिवारका सदस्यहरु छन् । उनीहरुले प्रदेश सरकारले आफूहरुको माग पूरा नगरेसम्म घर नफर्किने बताएका छन् । अधिकांशलाई नियुक्ति पत्र दिइएपनि अहिलेसम्म जागिर पाउन नसकेको आरोप शहीद परिवारको छ । तर जनमत नेतृत्वको सरकार गठन भए लगत्तै सो सेवा सुविधाबाट वञ्चित गरिएको आरोप मधेसी शहीद प्रतिष्ठानका सदस्य रामनरेश रायको छ ।  मुख्यमन्त्री समक्ष पटकपटक धाएपनि कुनै सुनुवाई नभएको उहाँको भनाई छ ।

About globalgorkhatimes.com

Check Also

उत्थानशील युवा सञ्जालद्वारा जङ्गली जनावरको आतङ्कबाट सुरक्षित रहन सर्चलाईट वितरण

कञ्चनपुरः भीमदत्त नगरपालिका स्तरीय उत्थानशील युवा सञ्जालले मानव जङ्गली जनावर बिचको द्वन्द्वबाट हुने जोखिम न्यूनिकरण …

Leave a Reply

Your email address will not be published. Required fields are marked *