Breaking News

मनकारी वडा अध्यक्ष भक्त बहादुरद्वारा पीडामा रहेका विकलाई सहयोग

कञ्चनपुरः कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका वडा नम्बर-४ का वडा अध्यक्ष भक्त बहादुर सुनारले दोधारा चाँदनी नगरपालिका ८ देउरालीघाटका अति विपन्न परिवारका ५० वर्षीय नर बहादुर विकलाई आर्थिक सहयोग गरेका छन्। आर्थिक अवस्था कमजोर भएका विक रोजगारीको लागि भारतको रानीखेत स्थित कालापानीमा काम गर्दै आएका थिए। उनको २०८० माघ १५ गते खाना पकाउने क्रममा अचानक मिर्गी रोगका कारण आगोमा परी दुवै हातलगायत शरीरको विभिन्न भाग जलेको थियो।

आर्थिक अवस्था कमजोर भएका कारण भारतमा प्राथमिक उपचार गराई घर आएको विक बताउछन्। घर आएपछि उपचार गर्दा झण्डै २ लाख ४० हजार खर्च भएको विककी धर्मपत्नी बालकुमारीले बताईन्। भारतमा उपचार गराउँदा धेरै खर्च लाग्ने र दुवै हात काटनु पर्ने बताएपछि उनलाई उपचारको लागि भाद्र ७ गते महाकाली प्रदेशिक अस्पताल ल्याइएको थियो। जलेर हड्डी खिइएको हुनाले उनको दुवै हात काट्नु पर्ने भएको छ।

अहिले एक हात काटिएर उपचार भईरहेको छ भने केही दिनमा अर्को हात पनि काट्नु पर्ने उपचारमा खटिएका स्वास्थकर्मीहरुले बताएका छन्। दोधारा चाँदनी नगरपालिका वडा नम्बर–४ का अध्यक्ष भक्त बहादुर सुनारको सामाजिक सेवा भाव र ईमान्दारी साथ काम गरेको हुनाले उनलाई वडा अध्यक्षमा स्थानीयले दोहोऱ्याएका छन्। आफ्नो व्यक्तिगत तर्फबाट पाँच हजार सहयोग गरेका सुनारले समाजिक सञ्जालमा सहयोग माँगी १० हजार ४ सय ५० सहयोग गरेका छन्। अफ्ठयारो परेमा आफुलाई फोन गर्न भन्दै अझै सहयोग गर्ने अध्यक्ष सुनारले आश्वासन दिएका छन्।

About Surendra Jairu

Check Also

दोधारा चाँदनीमा आयुर्वेदिक उपचारमा बढ्यो आकर्षण

कञ्चनपुरः कञ्चनपुरको दोधारा चाँदनी नगरपालिकाका स्थानीयहरू आयुर्वेदिक उपचार पद्धती तर्फ आकर्षित भएका छन्। गत ४ …

Leave a Reply

Your email address will not be published. Required fields are marked *