Breaking News

ब्रिक्स’ मा थप ६ मुलुकहरू सामेल

नयाँ दिल्लीः विश्वकै उदीयमान अर्थतन्त्रहरू ब्राजिल, रुस, भारत, चीन र दक्षिण अफ्रिका सम्मिलित संगठन ‘ भएका छन्। दक्षिण अफ्रिकाको जोहानेसबर्गमा भइरहेको ब्रिक्स शिखर सम्मेलनका क्रममा थप ६ मुलुकलाई संगठनमा सहभागी गराइएको हो। ब्रिक्समा सहभागी हुने नयाँ देशहरूमा साउदी अरेबिया, संयुक्त अरब इमिरेट्स (यूएई), इथियोपिया, अर्जेन्टिना, इरान र इजिप्ट रहेका छन्। यी देशहरू जनवरी १, २०२४ देखि ब्रिक्स समूहको सदस्य बन्नेछन्।

१७ वर्षअघि स्थापना भएको ब्रिक्सको यस पटकको शिखर सम्मेलनमा संगठन विस्तारबारे नै बढी विमर्श हुनेछ। यी मुलुकले केही वर्षयता ब्रिक्समा सदस्य बन्न लबिङ गरिरहेका थिए। ५ देशको नामबाट संगठनको नाम ब्रिक्स रहेकोमा अब नयाँ ६ मुलुक सदस्य थपिएपछि संगठनको नाम ‘ब्रिक्स प्लस’  रहनेछ।

चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता वाङ वेनबिनले ६ मुलुकलाई ब्रिक्सको १५ औँ शिखर सम्मेलनले पूर्ण सदस्यका रूपमा सहभागी गराएको उल्लेख गर्दै बधाई र स्वागत गरेका छन्। नयाँ सदस्यसहित ब्रिक्स अझ सशक्त हुने पनि उनको भनाइ छ।

विश्व अर्थतन्त्रमा अमेरिकी नेतृत्वको पश्चिमा खेमा बलियो बन्दै आएकोमा अब ब्रिक्सको उदयले त्यसलाई थप चुनौती दिन सक्ने आकलन गरिएको छ। पश्चिमी खेमामा जापान, अस्ट्रेलिया, दक्षिण कोरिया, बेलायत, जर्मनी, फ्रान्स, क्यानडालगायत मुलुक छन्। तर उदाउँदा आर्थिक शक्तिका मुलुकहरू सहभागी ब्रिक्समा साउदी अरब, इरान र यूएई जस्ता प्रभावशाली मुलुकहरूको सहभागिताले समूहलाई थप बलियो बनाउने देखिन्छ।

About Surendra Jairu

Leave a Reply

Your email address will not be published. Required fields are marked *