उत्तराखण्ड राज्यको चमोलीमा 2 नेपालीको शव नदीमा फेला, एक जना बेपत्ता

उत्तराखण्ड, 11 Dec 2024

उत्तराखण्ड राज्यको चमोलीमा 2 नेपालीको शव नदीमा फेला परेको छ भने एक नेपाली बेपत्ता रहेको खबर प्राप्त भएको छ । चमौलीको ज्योतिर्मठ–मलारी राजमार्गमा रहेको गाणी पुलमुनि दुई नेपालीको शव नग्न अवस्थामा फेला परेको हो । मृतक नेपालीहरु सुर्खेतको बबई हातिखालका वासिन्दा तरावती पाण्डेका 24 वर्षका छोरा सुभाष पाण्डे र सुर्खेत नेपाल निवासी कविराम बहादुरका 23 वर्षका छोरा चित्रबहादुर रहेका छन् । सूचना पाएलगत्तै घटनास्थलमा पुगेको पुलिसले दुवै शवलाई नदीबाट बाहिर निकालेको थियो । दुवै शव नेपाली मूलका मजदुर रहेको बताइएको हो। मृतकहरुसँगै रहेक अर्का नेपाली भने बेपत्ता रहेका छन। बेपत्ता हुनेमा सुर्खेत जिल्ला बबई हातिखालका हरिका छोरा रामप्रसाद रहेका छन् । पुलमुनि दुईवटा शव देखेको सूचना पाएपछि पुलिस पुग्दा दुवै शव नग्न अवस्थामा देखेका थिए।

नेपाली मूलका १८ जना नेपाली मजदुरी गर्न मंगलबार राति चमोली पुगेका थिए । जसमध्ये चार मजदुर मादक पदार्थ सेवन गरेका थिए । यी चारमध्ये दुई जनाको मृत्यु भएको छ भने एक जना बेपत्ता छन् । चौथो मजदुर भने खोला किनारमै फेला परेका छन् । मादक पदार्थ सेवन गरेका चार जना मजदुर मध्ये एकले गएराति चारै जनाले मादक पदार्थ सेवन गरेको बताएका छन् । त्यसपछि उनी त्यहीँ सुते र अन्य तीनजना साथीले आगो ताप्तै थिए । त्यसपछि केही थाहा नभएको मजदुरले बताएका छन । प्रारम्भिक आशंकाका आधारमा तीनै जना मादक पदार्थ सेवन गरी नदीमा डुबेको हुन सक्ने बताइएको छ।

About globalgorkhatimes.com

Check Also

17 वर्षीय बालिकाको बलात्कार एंव हत्या प्रकरणका अभियुक्तहरु सार्वजनिक

सिरहा, 7 मार्च 2025 सिरहाको नवराजपुर गाउँपालिका–१ भगवतिपुरकी १७ वर्षीया रिंकुकुमारी सदाको सामूहिक बलात्कार तथा …

Leave a Reply

Your email address will not be published. Required fields are marked *