Breaking News

बर्दगोरिया गाउँपालिकाद्वारा एनएलआर नेपाल र एनएनएसडब्ल्यूए सम्मानित  

कैलालीः बर्दगोरिया गाउँपालिकाले विभिन्न संघ-संस्थालाई सम्मान गरेको छ। गाउँपालिकाले स्वास्थ्य क्षेत्रमा निर्वाह गरेको उल्लेखनीय भूमिकाको कदर स्वरूप एनएलआर नेपाल, नेपाल राष्ट्रिय समाज कल्याण संघ (एनएनएसडब्ल्यूए), स्वास्थ्यकर्मी, कर्मचारी तथा सहयोगी संघसंस्थाहरूलाई कदर-पत्रसहित सम्मान गरेको हो।

बर्दगोरिया गाउँपालिकाले आर्थिक वर्ष २०७९/८० को स्वास्थ्य कार्यक्रहरूको वार्षिक समिक्षा गोष्ठी कार्यक्रमका बिच विगत लामो समयदेखि गाउँपालिकामा कुष्ठरोग निवारण कार्यमा अतुलनीय योगदान गरेकोमा एनएलआर नेपाल र एनएनएसडब्ल्यूए-लाई कदर-पत्र सहित सम्मान गरेको हो।  एनएलआर नेपालका तर्फबाट प्रकाश मल्ल र एनएनएसडब्ल्यूए-का तर्फबाट संस्थाका निमित्त कार्यकारी निर्देशक बिनोद बिक्रम जैरूले सम्मान ग्रहण गरेका थिए। एनएनएसडब्ल्यूएका निमित्त कार्यकारी निर्देशक जैरूले यो सम्मानले कुष्ठरोग रोकथामका लागि थप हौसला प्रदान गरेको बताए।

बर्दगोरिया गाउँपालिकामा गत आर्थिक वर्ष २०७९/८० मा कुष्ठरोगका ४ जना नयाँ बिरामी पत्ता लागेका छन्। त्यस्तै संक्रमण दर प्रति १० हजार जनसंख्यामा १ दशमलव ०४ रहेको छ। संक्रमण दर प्रति १० हजार जनसंख्यामा १ भन्दा कम भएमा कुष्ठरोग निवारण भएको मान्ने मापदण्ड रहेको छ।

सोमबार बर्दगोरिया गाउँपालिका वडा नम्बर १ कार्यालयको सभाहलमा अध्यक्ष कर्णबहादुर कुँवरको सभापतित्वमा वार्षिक समिक्षा गोष्ठी सम्पन्न भएको हो। कार्यक्रममा स्वास्थ्य शाखा प्रमुख कैलाश कुमार रावतले स्वास्थ्य क्षेत्रमा भएका वार्षिक कार्य र सेवाका बारेमा जानकारी गराएका थिए।

About Surendra Jairu

Check Also

दोधारा चाँदनीमा आयुर्वेदिक उपचारमा बढ्यो आकर्षण

कञ्चनपुरः कञ्चनपुरको दोधारा चाँदनी नगरपालिकाका स्थानीयहरू आयुर्वेदिक उपचार पद्धती तर्फ आकर्षित भएका छन्। गत ४ …

Leave a Reply

Your email address will not be published. Required fields are marked *