Breaking News

बेलडाँडी गाउँपालिकाका बाढी प्रभावित ६ सय ३९ परिवारलाई राहत वितरण

11 जुलाई 2024/कञ्चनपुरः कञ्चनपुरको बेलडाँडी गाउँपालिकाका बाढी प्रभावित परिवारहरूलाई राहत वितरण गरिएको छ। सेव द चिल्ड्रेन र नेपाल राष्ट्रिय समाज कल्याण संघ (एनएनएसडब्ल्यूए) ले बेलडाँडी गाउँपालिकासँगको समन्वयमा गाउँपालिकाका बाढी प्रभावित ६ सय ३९ घर परिवारलाई ५० लाख बराबरको अत्यावश्यक सामग्री सहयोग गरेको हो।

बाढी प्रभावित परिवारहरूलाई भाडाकुँडा, त्रिपाल, डोरी, झुल, सरसफाई सामग्रीहरूको झोला, ५ वर्ष मुनिका बालबालिकाहरूका लागि कपडा, खानेपानी शुद्धिकरणका लागि फिल्टर, अपाङ्गता भएका व्यक्तिहरूका लागि २ थान व्हीलचियर र २ थान कम्बोर्ड चियर वितरण गरिएको छ। त्यसैगरी बाढीको समयमा पानी दुषित हुने भएकाले पालिकाका १४ वटा विद्यालयका सबै कक्षा कोठामा पुग्ने गरि फिल्टर वितरण गरेको छ।

सेव द चिल्ड्रेन फिल्ड कार्यालयका प्रमुख रत्नराज ओझाले प्राकृतिक विपद्को संवेदनशील घडीमा प्रभावित नागरिकको जीवन रक्षा, उद्धार र राहतको कार्यलाई प्रभावकारी रूपमा तत्काल सञ्चालन गर्न ७२ घण्टा भित्रमा प्रभावित परिवारहरूलाई अत्यावश्यक सामाग्रीहरू वितरण गरिएको बताउनुभयो। उहाँले पालिकासँग छलफल गरेर खाद्यान्नलगायतका अन्य सामग्रीहरू पनि सहयोग गरिने बताउनुभयो।

नेपाल राष्ट्रिय समाज कल्याण संघ (एनएनएसडब्ल्यूए) का कार्यकारी निर्देशक अशोक बिक्रम जैरूले संस्थाले विपद् व्यवस्थापन तथा मानविय सहायताका लागि काम गर्दै आएको बताए। उहाँले अहिले बेलडाँडी गाउँपालिकाका बाढी प्रभावित परिवारहरूलाई अत्यावश्यक सामग्रीहरू वितरण गरिएको छ र अन्य क्षेत्रहरूका बाढी प्रभावितहरूलाई पनि राहत वितरणको कार्य भइरहेको बताउनुभयो।

बेलडाँडी गाउँपालिकाका अध्यक्ष हरिश चन्द्र रानाले बाढी प्रभावितहरूलाई छोटो समयमा नै राहत वितरण कार्य गरेकोमा नेपाल राष्ट्रिय समाज कल्याण संघ (एनएनएसडब्ल्यूए) र सेव द चिल्ड्रेनलाई धन्यवाद दिनुभयो। उहाँले गाउँपालिकामा एनएनएसडब्ल्यूए ले विपद् व्यवस्थापन लगायत अन्य विभिन्न क्षेत्रहरूमा काम गर्दै आएको र आगामी दिनहरूमा पनि साथ सहयोगको लागि अपेक्षा गर्नुभयो।

गत सोमबार अविरल वर्षाले चौधर नदिमा पानीको सतह बढेसँगै बेलडाँडी गाउँपालिकाका तल्लो झिलमिला, झिलमिला, इमलिया, बैवाहा, ढकनिया, खैरिघाटलगायतका क्षेत्र डुबानमा परेको थियो।

About globalgorkhatimes.com

Check Also

मनकारी वडा अध्यक्ष भक्त बहादुरद्वारा पीडामा रहेका विकलाई सहयोग

कञ्चनपुरः कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका वडा नम्बर-४ का वडा अध्यक्ष भक्त बहादुर सुनारले दोधारा चाँदनी …

Leave a Reply

Your email address will not be published. Required fields are marked *